सेतो दुबी देखिए, चाँडै उपचार गराऊ

सेतो दुबी देखिए, चाँडै उपचार गराऊ

तिमीहरूको शरीरमा सेतो दुबी (दाग) देखा परेको त छैन ? सेतो दुबी देखिएको छ भने बेलैमा सजग हुनुपर्छ नि है। समयमै जँचाएर उपचार सुरु गर्ने हो भने यो निको हुन्छ।

वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ प्राडा धर्मेन्द्र कर्णका अनुसार सेतो दुबी सरुवा रोग होइन। सेतो दुबी भएको बालबालिका देख्नासाथ टाढा बस्ने वा हेलाँ गर्ने गर्नु हुँदैन। हाम्रो शरीरको छालालाई रङ दिने कोषलाई मेलानोसाइट भनिन्छ। कुनै समस्या भएर मेलानोसाइटको संख्या घट्यो वा नष्ट भयो भने वरिपरिको तन्तुहरू सेतो हुन पुग्छन्। त्यसैलाई सेतो दुबी भनिन्छ। छालाको प्राकृतिक रङ मधुरो भएर हट्दै जान्छ। विस्तारै छाला सेतो हुन पुग्छ।

मेलानोसाइट किन नष्ट हुन्छ त ? तिमीहरूलाई जिज्ञासा लागेको हुन सक्छ। विभिन्न कारणहरूले मेलानोसाइट नष्ट हुने डा. कर्णको भनाइ छ। शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमता चाहिनेभन्दा बढी भएको अवस्थामा शरीरभित्रको संयन्त्रले आवश्यकभन्दा बढी काम गर्न पुग्छ। छालालाई रङ दिने मेलानोसाइटलाई नै नष्ट गर्न पुग्छ। जुन जुन ठाउँमा कोषहरू नष्ट गर्न पुग्छन् त्यहि ठाउँमा सेतो दुबी देखा पर्छ। आफ्नै शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमता आवश्यकताभन्दा बढी भयो भने छालालाई रङ दिने मेलानोसाइटको विरुद्धमा काम गर्न थाल्छ। शरीरको कोषलाई नै हानि पुर्‍याउन सुरु गर्छ। मेलानोसाइटलाई क्षति गर्छ। त्यसैले यसलाई ‘अटो इम्युन डिजिज’ भनिन्छ। त्यस्तै वंशाणुगत कारणले पनि सेतो दुबी हुने सम्भावना हुन्छ।

शरीरका जुनसुकै भागमा पनि सेतो दुबी देखिन सक्छ। विशेषगरी मुखको वरिपरि, आँखाको वरिपरि, घाँटी, ओठ, काखी, कम्मर, पेट, औंलाहरूलगायतका अंगहरूमा सेतो दुबी देखिने डा. कर्ण बताउँछन्। दस वर्ष नाघेका बालबालिकादेखि बूढाबूढीसम्मलाई बढी मात्रामा सेतो दुबी देखा पर्ने गरेको छ।

सेतो दुबी दुई किसिमका हुन्छन्। एउटा शरीरभरि फैलने खालको हुन्छ। यो खालको दुबी शरीरका विभिन्न अंगमा देखा पर्छन्। अर्को नफैलने किसिमको सेतो दुबी हुन्छ। एक ठाउँमा देखा परेको दुबी त्यहीं मात्र रहीरहन्छ। अन्य अंगमा देखा पर्दैन।

पहिले सेतो दुबीको उपचार हुँदैनथ्यो। यसलाई निको नहुने समस्याका रूपमा लिइन्थ्यो। तर, अहिले विज्ञ चिकित्सकसँग जँचाउने हो भने सेतो दुबी हटाउन सकिन्छ। निको हुन्छ। यसलाई औषधिबाट उपचार गर्न सकिन्छ। औषधिबाट सेतो दुबी नहटे अन्य उपचार पद्धतिसमेत अपनाएर उपचार गर्न सकिन्छ। तर, सेतो दुबी भएका व्यक्तिले जति सक्यो छिटो उपचार गर्ने हो भने निको पनि छिटो हुने डा. कर्ण बताउँछन्। सेतो दुबी भएका बालबालिकालाई धेरै गिज्याउने वा खिसिटिउरी गर्दा उनीहरूले दिक्क मान्ने गर्छन्। पढ्न मन नलाग्ने हुन्छ। त्यसैेले अभिभावकले पनि समयमै आप्mना सन्तानको उपचार गर्नु बुद्धिमानी हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.