सचिवमाथि खनिए सांसद-‘उहाँले अस्ति पनि यस्तै गर्नुभयो’

सचिवमाथि खनिए सांसद-‘उहाँले अस्ति पनि यस्तै गर्नुभयो’

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाप्रति सांसद खनिएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद सचिव कोइरालासँग खनिएका हुन्। सचिव कोइरालाले सांसदले गलत बुझेको भनेपछि उनीप्रति समिति सदस्य आक्रोशित भए।

 
आइतबारको समिति बैठकमा संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल थियो। सांसदले निजामती र स्वास्थ्य सेवा ऐन एकै बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सुझाव दिए। पण्डितले भने कुनै हालतमा एकै हुन नसक्ने अड्डी लिए। 

विधेयकको दफा ५ मा विवाद थियो। विवादलाई पछि समाधान गर्ने भन्दै समिति सभापति शशी श्रेष्ठले सचिव कोइरालालाई दफा ६ बारे स्ष्ट पार्न समय दिइन्। तर, सचिव कोइरालाले दफा ५ मा मन्त्री पण्डितले राखेको विषयलाई ‘हो मा हो’ थप्नतर्फ लागे। उनले ‘मन्त्रीज्यूको भनाइ हामीले गलत बुझ्यौं कि’ भनेपछि सांसद सचिवप्रति खनिए।

सचिवमाथि सांसद खनिएपछि बैठकको वातावरण केही समय खलबलिएको थियो। ‘यो हुँदैन है। सचिवज्यूले अस्तिदेखि जुन शब्द प्रयोग गरिरहनु भएको छ। यो कुरा मान्य हुँदैन’, जनार्दशन शर्माले भने, ‘गलत व्याख्या गर्नुभयो भन्ने अधिकार उहाँलाई छैन। अस्ति लोकसेवाको विषयमा पनि उहाँले यसै गर्नुभयो।’

सभापति श्रेष्ठले पटकपटक रोकिन आग्रह गर्दा पनि शर्मा सचिवमाथि खनिइरहे। ‘मैले रोकेँ भन्न पाइँदैन सभापतिज्यू’, आक्रोशित हुँदै शर्माले भने।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.