भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण नरैनापुरका चार वडा डुबानमा

भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण नरैनापुरका चार वडा डुबानमा

नेपालगन्ज : १३ दिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। आइतबार ११ घण्टा परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्र डुबान भएको छ।

भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि नरैनापुर गाउँपालिकाका १ को बनियाँगाउँ, २ को रोशनपुर, ३ को बालापुर र ४ को घोडदौडिया क्षेत्रका केही घर डुबानमा परेको गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए। कुनै मानवीय क्षति नभए पनि घरभित्र पानी पसेकाले क्षतिको एकीन विवरण नआइसकेको उनले बताए।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले डुबान क्षेत्रमा भगवान र नरैनापुर इलाका प्रहरी कार्यालय, सुँइया र बघौडा चौकीबाट प्रहरी खटाएर क्षतिको विवरण संकलन भइरहेको बताए। उनले भने, ‘दर्जनौं कच्ची घरमा पानी पसेको खबर आएको छ। एकीन विवरण संकलन भइरहेको छ।’

वर्षाका कारण नेपालगन्जको सेतु बिक चोक, बेलासपुर लगायतका क्षेत्रमा पानी जमेको एसपी पौडेलले बताए। जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर बिकका अनुसार आइतबार बिहान ३ बजेदेखि सुरू भइ दिउँसो २ बजेसम्म लगातार वर्षा हुँदा नेपालगन्जमा एक सय ६० मिलिलिटर वर्षा भएको थियो। जुन यो वर्षकै सर्वाधिक वर्षा हो। 

नेपालमा १० जुनदेखि मनसुन सुरु हुन्छ। २० जुन अर्थात् ५ असारमा नेपालको पूर्वी भेगबाट मनसुन सुरू भएको थियो। मौसमविद्ले देशभर मनसुन सुरू हुन अझै एक साता लाग्ने भनिरहँदा बाँकेमा चाँडै मनसुन सक्रिय भएको हावापानी कार्यालयले जनाएको छ।    

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह डुबानको अवस्था अवलोकन गर्दै। तस्बिर : अन्नपूर्ण 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.