सेलिब्रिटीको फेरिएको जीवनशैली

सेलिब्रिटीको फेरिएको जीवनशैली

नेपाली फिल्म उद्योगमा लगानी बढेसँगै फिल्मकर्मीको जीवनशैलीमा निकै परिवर्तन आएको छ। पछिल्लो पाँच वर्षयता फिल्म उद्योगमा लगानी बढेको हो। केही वर्ष पहिलेसम्म सामान्यतः ५०/६० लाख रुपैयाँमा एउटा फिल्म बन्थ्यो भने अहिले एउटा फिल्मका लागि दुई तीन करोड रुपैयाँसम्म लगानी हुन थालेको छ। केही फिल्ममा त पाँच करोड रुपैयाँसम्म लगानी गरिएको छ। लगानीका आधारमा प्रतिफल नआए पनि यो क्षेत्रमा लगानी गर्न आउने नयाँ निर्माताको भने कमी भएको छैन।

भर्खरै एउटा गीत रिलिज गरिएको फिल्म ‘पासवर्ड’मा तीस करोड रुपैयाँ खर्च गरिएको चर्चा छ। यो फिल्मको छायांकन बेलायतमा गरिएको हो भने यसमा बलिउड अभिनेत्री सन्नी लियोनले दुई करोड रुपैयाँ लिएर एउटा आइटम गीतमा नृत्य गरेकी छन्।

फिल्ममा लगानी बढेसँगै कलाकारको पारिश्रमिक पनि उल्लेख्य वृद्धि भएको छ। फिल्म उद्योगमा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, भुवन केसी, शिव श्रेष्ठ लगायतको रजगज हुँदा उनीहरूको पारि श्रमिक एक डेढ लाखदेखि चार पाँच लाख रुपैयाँसम्म थियो। त्यस्तै उनीहरूकै जमानाका नायिकाहरू करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, विपना थापा, रेखा थापाहरूको पारि श्रमिक एक दुई लाख रुपैयाँमा सीमित थियो। तर पछिल्लो पुस्ताका स्टारको पारि श्रमिक तीस लाख रुपैयाँसम्म पुगेको छ। पछिल्लो समय अनमोल केसीले फिल्म ‘ए मेरो हजुर–३’मा तीस लाखभन्दा बढी पारि श्रमिक लिएका थिए। नायक प्रदीप खड्का, अनुपविक्रम शाही, आयुष्मान देशराज जोशी लगायतले १५ लाख रुपैयाँसम्म पारि श्रमिक पुर्‍याएका छन्। नायिकाहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, नम्रता श्रेष्ठ, जसिता गुरुङ लगायतको पारि श्रमिक पनि १० लाख रुपैयाँमाथि पुगेको छ।

अहिले नेपाली फिल्म उद्योगमा हास्य विधाका चलचित्र एकपछि अर्को सफल भएपछि हास्यकलाकारको पारि श्रमिक पनि अकर्षक बन्दै गएकोे छ। रामकहानी फिल्ममा केदार घिमिरे (माग्नेबूढा)ले १० लाख पारि श्रमिक लिएका थिए। दीपकराज गिरी, जितु नेपाल लगायतले पनि आकर्षक पारि श्रमिक बुझ्न थालेका छन्।

संख्यात्मक रूपमा फिल्म निर्माणमा वृद्धि हुनु र पारि श्रमिक पनि आकर्षक पाउन थालेपछि कलाकारको खानपिन, रहनसहन, पहिरन र सवारीसाधनको प्रयोगमा परिवर्तन देखिएको छ। अघिल्लो पुस्ताका नायक नायिका, निर्देशक तथा प्राविधिकहरूमा आफ्नै कार प्रयोग गर्नेको संख्या न्यून थियो। उति बेला घरिघरि कार परिवर्तन गर्ने नायक थिए, भुवन केसी। राजेश हमाल, शिव श्रेष्ठ लगायतका सीमित नायकहरूसँग मात्रै महँगा गाडी थिए। आफ्नै कार प्रयोग गर्ने नायिका नगन्य थिए। तर अहिले परिस्थिति फेरिएको छ। चलेका नायक नायिका तथा निर्देशक आफ्नै गाडी प्रयोग गर्छन्, त्यो पनि पछिल्लो मोडेलका। पहिरनमा पनि निजी डिजाइनर राखेर डिजाइन बनाउन थालेका छन्। फिल्ममा पनि डिजाइनरका पहिरनले नै स्थान पाउन थालेका छन्।

नेपाली फिल्मको छायांकन विदेशमा हुन थालेपछि कलाकारको विदेश यात्रा पनि सहज भएको छ। पहिला कलाकारका लाागि विदेश यात्रा सहज थिएन। अहिले धेरैजसो फिल्मको केही न केही हिस्सा विदेशमा हुने गरेको छ। यसले गर्दा विदेशी संस्कृति र खानपानमा उनीहरूको पहुँच पुगेको छ।

केही वर्ष पहिलेसम्म साँझपख बागबजारका सामान्य रेस्टुराँमा देखिने फिल्मकर्मी अहिले स्टार होटेल, क्लब तथा हाइफाई क्याफेमा भेटिन्छन्। मदिरा पिउनेहरूको ब्रान्ड विदेशी हुन थालेको छ भने पिउने तरिकामा पनि परिवर्तन आएको छ। पछिल्लो समयमा फिल्म उद्योगका केही सेलिब्रिटी मदिराभन्दा पनि गाँजातिर आकर्षित हुन थालेको चर्चा पनि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.