अवैध रुपमा बस्दैआएका २१ विदेशी नागरिक पोखराबाट पक्राउ

अवैध रुपमा बस्दैआएका २१ विदेशी नागरिक पोखराबाट पक्राउ

पोखरा : पर्यटकीय सहर पोखरामा अवैध रुपमा बस्दैआएका विभिन्न देशका २१ विदेशी नागरिक पक्राउ परेका छन् ।

२०७५ को साउन महिनादेखि २०७६ को असार १६ गतेसम्मको अवधिमा पर्यटक भिसामा आएर विभिन्न पेशा, व्यवसाय गरेर पोखरा बस्दैआएका र पासपोर्ट र भिसा विना नै पोखराका विभिन्न स्थानमा बस्दैआएका गरी २१ जना विदेशी नागरिकलाई पर्यटक प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै ७ जना रुसका नागरिक छन् । रसियन पर्यटकहरुमध्ये ४ जना भिसाको म्याद सकिएर पनि अवैध रुपमा बस्दैआएको पाइएको हो । तीनजना रुसका नागरिक पासपोर्ट नै च्यातेर अवैध रुपमा बस्दैआएको सूचनाको आधारमा पक्राउ परेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सायक निरीक्षक विधान सिंह क्षेत्रीले बताए ।

पक्राउ पर्नेमा तीनजना लेबननको नागरिक छन् । अली सेलेमन उनका दुई छोरी मेरियम रहमे र फटमे भिसाको म्याद सकिएपछि पनि अवैध रुपमा बस्दैआएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दुई छोरीहरुले प्याराग्लाईडिङको कोष समेत गर्दै गरेका थिए । यसरी पक्राउ गर्नेमा नेदरल्याण्डका दुई नागरिक पनि छन् । उनीहरुमध्ये एक जना पासपोर्टको भिसा नै सकिएको अवस्थामा र अर्को एकजना पासपोर्ट विना नै पोखरामा बस्दैआएको अवस्थमा पक्राउ परेका हुन् ।

यस्तै यमन, तिब्बत, फिलिपिन्स, बेलायत, डेनमार्क, टर्की, फ्रान्स, जर्मन र केन्याका पर्यटक पनि अवैध रुपमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक टीकाराम पौडेलले जानकारी दिए ।

पोखराको लेकसाइडमा दश वर्षदेखि बस्दैआएका जर्मन नागरिक लुजीफर प्लेस गत चैत १३ गते स्थानीयसँग झगडा गरेपछि स्थानीयले प्रहरीलाई खवर गरे । घट्नाको छानवीनको क्रममा पासपोर्ट लगायत उनको परिचय खुल्ने केही कागजपत्र भेटिएन । प्रहरी अनुसन्धान पछि उनी दश वर्षदेखि पोखराको लेकसाइडमा गैरकानुनी रुपमा बस्दैआएका जर्मन नागरिक रहेको प्रहरीले पत्ता लगाएपछि पर्यटक प्रहरी कार्यालय पोखराले अध्यागमन कार्यालय हुँदै अध्यागमन विभाग काठमाण्डौमा बुझायो ।

उस्तै  अवस्थमा भेटिएका थिए आफूलाई प्रेम ओझा भनेर चिनाउने नेदरल्यणडका पर्यटक । उनी पनि पोखराको लेकसाइडमा १० वर्ष देखि बस्दैआएका थिए । गत पुस १२ गते पक्राउ परेको उनीसँग पनि पासपोर्ट लगायत उनको परिचय खुल्ने कुनै कागजाज थिएन । प्रहरीले अनुसन्धान गर्दा उनी लेकसाइडका विभिन्न होटलमा गैरकानुनी रुपमा काम गरेर बसेको पत्तो पायो ।

पर्यटन भिसामा पोखरा घुम्न आएका फिलिपिन्सका अल्बर्ट क्याइसीप पोखरा २३ धारापानीमा १९ महिनादेखि व्यवसायीक रुपमा कुखुरा पाल्दैआएका थिए । पर्यटन भिसामा आएका उनीसँग व्यवसाय गर्ने अनुमति त थिएन नै उनको पर्यटन भिसाको म्याद पनि एक वर्षअघि नै सकिएको थियो ।

गत पुस ८ गते स्थानीयले दिएको सूचनाको आधारमा पर्यटक प्रहरीले उनलाई पक्राउ ग¥यो । जग्गा भाडामा लिएर आफैँले फेवा तालको सिरानमा बाँसको खोर बनाएर कुखुरा पाल्दै गरेको अल्बर्टलाई प्रहरीले अध्यागमन कार्यालय पोखरामा बुझायो । अध्यागमन कार्यालय पोखराले अध्यागमन विभाग काठमाण्डौ । यस्तै रसियाका डिमिट्री खमोभ सन् २०१६ देखि श्रीमती र छोरा सहित नेपालमा बस्दैआएका थिए । उनले नेपालमै सन् २०१७ मा अर्को छोरा पनि जन्माए । अवैध रुपमा विदेशी बसेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा उनी र उनका परिवारको पासपोर्ट हेर्दा नेपाल बस्ने समय अवधि नै सकिसकेका थियो ।

बेलायतका ६६ वर्षीय नागरिक रोय वल्स्टनक्रफ्ट पोखरा १७ बिरौटामा फ्ल्याट लिएर बस्थे । उनले आफ्नो कोठामा चोरी भएको भन्दै गत फागुन १२ गते आफैँले प्रहरीलाई खवर गरे । पर्यटक प्रहरीले उनको पासपोर्ट चेकजाँच गर्दा उनी गैरकानुनी रुपमा ओभर स्टे बसेको फेलापरेपछि फागुन २६ गते पक्राउ गरी विभाग पठायो ।
पछिल्लो पटक भने अवैध रुपमा बस्दैआएका रसियन नागरिक यही असार १६ गते पक्राउ परेका हुन् । रसियन नागरिक निकोले ओलेगोभिच सोमबार पासपोर्ट र भिसाविना नै पोखराको लेकसाइडमा नशालु पदार्थ खाएर लट्ठ परेको अवस्थामा फेला पारेको हो ।

उनले क्युरियोका सामाग्री बिक्री गर्दैआएको पनि क्षेत्रीले बताए । यसरी पोखरामा पछिल्ले समयमा नागरिकले दिएको सूचनाको आधारमा अवैध रुपमा बस्ने र विभिन्न कारोवार गर्ने विदेशी नागरिक धमाधम पक्राउ पर्न थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.