मधेश आन्दोलनका शहिद र घाइतेका परिवारलाई भैंसी वितरण

मधेश आन्दोलनका शहिद र घाइतेका परिवारलाई भैंसी वितरण

मलंगवा : सर्लाहीको मलंगवामा मधेश आन्दोलनको क्रममा शहिद भएका तथा घाइते भएका परिवारलाई प्रदेश सरकारले दुधालु भैंसी वितरण गरेको छ। शुक्रबार दुधालु भैंसी वितरण कार्यक्रममा २ नं प्रदेशका भूमी व्यवसाय, कृषि तथा सरकारी राज्य मन्त्री योगेन्द्र राय यादवले भैंसी वितरण गरेका छन्।

७ शहिद परिवार र ९ घाइते परिवारलाई दुधालु भैंसी वितरण गरिएको समाजवादी पार्टी नेपालका सर्लाही उपाध्यक्ष गणेश यादवले जानकारी दिएका छन्। प्रदेश नं. २ का सबै जिल्लाका शहिद तथा घाइते परिवारलाई दुधालु भैंसी वितरण गर्ने कार्यक्रम अनुरुप सर्लाहीमा पनि वितरण गरिएको उपाध्यक्ष यादवले बताए। 

१८ जनाले दिएको आवेदनमा १६ जनालाई भैंसी वितरण गरिएको राज्य मन्त्री योगेन्द्र राय यादवले बताएका छन्। बाँकी रहेका २ जना तथा आवेदन दिन बाँकी रहेकालाई पछि वितरण गरिने राज्य मन्त्री यादवले जानकारी दिए। १ सय २२ वटा भैंसी प्रदेशभरिमा वितरण गर्ने कार्यक्रम रहेकोले बढी आवेदन दिएकाहरुमा केहीको नाम छुट्न गएको मन्त्री यादवले बताए। 

८ जिल्ला मध्ये सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा वितरण भइसकेको र बाँकी रहेको ३ जिल्लामा असार मसान्तभित्रै वितरण गरिने आयोजकले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.