बाढीले सर्लाहीका बस्ती डुबानमा, प्रशासन कार्यालय पनि डुब्यो (फोटो)

बाढीले सर्लाहीका बस्ती डुबानमा, प्रशासन कार्यालय पनि डुब्यो (फोटो)

मलंगवा : अविरल वर्षाका कारण सर्लाहीको जनजीवन पनि कष्टकर बनेको छ। नदी तथा खोला छेउछाउका बस्ती डुबानमा परेको छन्।

झीम खोलाले मलंगवा भन्दा ५ किलोमिटर उत्तरमा बाँध फुटाएपछि सदरमुकाम सहित दक्षिण–पूर्वी क्षेत्रका आधा दर्जन गाउँ डुबानमा परेका छन्। मलंगवा, ब्रम्हपुरी, पर्सा भेल्ही, त्रिभुवन नगर लगायत गाउँहरू डुबानमा परेको छ। झिम खोलाको पानी मलंगवामा पस्दा जिल्ला प्रशासन कार्यालयको तल्लो तल्लामा रहेको कागजातहरू भिजेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिएका छन्।

राष्ट्रिय अनुसन्धान, नेपाल टेलिकम, सशस्त्र बेश क्याम्प, नगरपालिकाको कार्यालयमा पानी पसेको छ। खोलाको नगरमा पस्दा नगरको पूर्वी भाग वडा नं. ९ का करिब ५०० भन्दा बढी घरहरूमा घुँडासम्म पानी जमेको छ। सडकहरूमा पनि खोलाको भेल बगेका कारण सवारी अवागमन ठप्प बनेको छ।

त्यसैगरी लखनदेही नदीमा आएको बाढीका कारण भाडसर, खुटौना, शिवनगर, सुन्दरपुर, बेल्ही लगायतका गाउँहरू डुबानमा परेको छ। नदीको पानीले सडकहरू भत्काउँदा गाउँबाट मानिस बाहिर जान सकेका छैनन्।  मनुष्मारा खोलामा आएको बाढीले दक्षिण–पश्चिम क्षेत्रका धनकौल, महिनाथपुर, ढापटोल, छटौल, वैरिया, हरकठवा, भवानीपुर, हिरापुर लगायत गाउँ डुबानमा पारेको छ। घर डुबानमा परेपछि सयौं सर्वसाधारण अग्लो पक्की घर तथा अग्लो स्थानमा रहेको सडकमा बसिरहेका छन्।

नदी आसपासका गाउँको वरिपरि करिब ६ फिट भन्दा बढी पानी जमेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले जानकारी दिएका छन्। विभिन्न स्थानमा बाढीका कारण मानिसहरु घरमा फसेका छन्। त्यस्ता मानिसहरूलाई सुरक्षाकर्मीले निकाल्ने काम गरेको प्रजिअ राउतले बताए।

बिहानैदेखि नेपाली सेनाको एक र सशस्त्र प्रहरीको एक डुंगा प्रयोग गरी बाढीमा फसेका लागि उद्धार गर्ने काम भइरहेको प्रजिअले बताए। स्रोत साधन सीमित छ। प्रभावित क्षेत्र बढी रहेकाले काम गर्न केही समस्या भएको हो। हेटौडाबाट थप एक डुगां मगाएर उद्धारको काम भइरहेको प्रजिअले बताए।

यता बागमती नदिले पनि जिल्लाका ५ स्थानमा बाँध भत्काउने काम सुरु गरेको छ। बलरा नगरपालिकामा १, रामनगरमा २, धनकौलमा २ स्थानमा बाँध भत्काउने काम गरेको प्रजिअले बताए। सबै स्थानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बाँध मर्मत गर्ने काम भइरहेको छ। यता सर्लाही र रौतहटको सीमा नदी बागमतीमा पानीका बहाब बढेर खतराको लेबल नाघेको छ।

पानीको सतह ६.७५ मिटर गहिराई हुनुपर्नेमा १० मिटरसम्म पुगेको प्रजिअले बताए। पानीको मात्रा खतराको सूची नाघेसँगै रातो झण्डा उठाइएको छ। बाढीले खतराको लेबल नाघेसँगै बागमती सिचाई आयोजनाको ब्यारेजको ३० वटै ढोका खालिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.