मोबाइल चोरीमा बालकको संलग्नता

मोबाइल चोरीमा बालकको संलग्नता

दैलेख : दैलेख सदरमुकाममा रहेको एक पसलमा भएको चोरीमा दुईजना बालकको संलग्नता रहेको पाइएको छ। नारायण नगरपालिका-१ पुरानो बजारमा रहेको युनिर्भसल मोबाइल पसलमा ताला फोडेर चोरी गर्नेमा दुईजना बालक रहेको प्रहरीले जनाएको छ। 

चोरीमा नारायण नगरपालिका-१ एकान्तकुनाका १३ वर्षीय किरण थापा र वडा ८ तर्ताङ्गका १५ वर्षीय सन्दिप गुरुङ संलग्न रहेको प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

दुवै बालक नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिए।हाल दुवै बालकलाई अभिभावकको जिम्मा लगाई दैनिक प्रहरी कार्यालयमा उपस्थित गराउने गरिएको छ।

गत बिहीबार राति पसलमा चोरी भएको थियो।पसल मालिक देवकुमार तारामी मगरले प्रहरीमा दिएको उजुरीअनुसार ७९ थान मोबाइलसहित २ लाख ३० हजार रुपैयाँ चोरी भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.