पत्रकारलाई सांसदले धम्की दिएको भन्दै महासंघको आपत्ति
ललितपुर : समाचार लेखेको विषयलाई लिएर प्रदेश–३ का सांसद राजकाजी महर्जनले पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासंघले विज्ञप्ति जारी गरेको छ ।
पत्रकार महासंघ उपत्यका प्रदेश समिति र जिल्ला ललितपुरले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका छन् ।
गत शनिवार पुष्पलाल स्मृति प्रतिष्ठानमा समाचार संकलन गर्न पुगेका पत्रकार कार्कीलाई सांसद राजकाजी महर्जनले धम्क्याएको बताउँदैआएका छन् । सांसद महर्जनले एकान्तमा लगेर धम्की दिएको पत्रकारको आरोप छ ।