घाटबाट अस्पताल पुर्‍याइएकी नर्मदाको स्वास्थ्यमा सुधार

घाटबाट अस्पताल पुर्‍याइएकी नर्मदाको स्वास्थ्यमा सुधार

तानसेन : कालीगण्डकीको रिडी घाटबाट अस्पताल पुर्‍याइएकी महिलाको स्वास्थ्यमा सुधार आएको छ।  रैनादेवी गाउँपालिका १ सिद्देश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवालीलाई मंगलबार कालीगण्डकीको रिडी घाटबाट उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेनमा ल्याइएको थियो।  

मिर्गौलाको समस्या भएकी ज्ञवालीको बुधबारदेखि डायलसिस सुरु भएको कलेजका प्रवक्ता कृष्ण पराजुलीले जानकारी दिए। अहिले ज्ञवालीको रक्तचाप, श्वासप्रश्वास र मिर्गौलामा समस्या देखिएको छ। हिजोको अवस्थामा भने सुधार भएको पराजुलीको भनाइ छ। 

परिवार तथा आफन्तले ज्ञवालीको मृत्यु भएको भन्दै अर्धचेत अवस्थामै घाट पुर्याएका थिए। घाटमा पुगेपछि ज्ञवाली चलबलाएपछि स्थानीय स्वास्थ्य चौकी हुँदै उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेनमा ल्याइएको थियो। 

झाडापखाला भएपछि ज्ञवाली असार २६ गते  युनाइटेड मिसन अस्पताल भर्ना भएकी थिइन्। उपचारको क्रममा मिर्गौलाको समस्या देखिएपछि अस्पतालले परिवारलाई अन्य अस्पतालमा लगेर उपचार गर्ने सल्लाह दिएको थियो। 

अस्पतालको डिस्चार्जपछि ज्ञवालीलाई अक्सिजनसहित एम्बुलेन्समा राखेर अन्य अस्पताल र घर नलगी आफन्तले रिडी घाट पुर्याइएका थिए। 

बिरामीलाई  एम्बुलेन्समा घाटतर्फ लगेपछि गाउँले दाहसंस्कारको लागि आवश्यक सामग्री लिएर घाट पुगेका थिए। एम्बुलेन्सबाट निकालेर ज्ञवालीलाई कालीगण्डकी किनारको घाटमा राखेर अन्य तयारी गर्दै गर्दा उनी चलबलाएकी थिइन्। 

चलबलाए लगत्तै गाउँलेले उनलाई तत्काल बोकेर स्थानीय स्वास्थ्य चौकी लुम्बिनी मेडिकल कलेजमा ल्याएका थिए। स्थानीय स्वास्थ्य चौकीले धड्कन र नाडी चलेको भन्दै थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज लान सिफारिस गरेको थियो। 

स्थानीय कृष्णप्रसाद पन्त परिवारले बिरामीलाई अस्पतालले बिदा दिएको बताएपछि स्थानीय घाटतर्फ गएको बताउँछन्।‘मिसन अस्पतालले यहाँबाट बिरामीको सुधार हुने अवस्था

निकै कम भएको जानकारी दिएपछि अस्पतालबाट बिरामीको  डिस्चार्ज भयो’, पन्त भन्छन्, ‘आफन्त र इष्टमित्रलाई बिरामीको अन्तिम अवस्था भयो भनियो। त्यसपछि गाउँबाट २०-२५ जना रिडी घाट आएका हुन्।’ 

रिडी घाट बिरामीको घर जाने बाटोमै पर्छ। घाटमा झरेपछि ज्ञवाली चलबलाएको र तत्काल स्वास्थ्य चौकी हुँदै मेडिकल कलेज पुर्याएको उनको भनाइ छ।  ‘घाट नजिकै राखेको अवस्थामा चलबलाएको देखेपछि रुरु फेन्डर्स क्लबको एम्बुलेन्सबाट स्वास्थ्य चौकी हुँदै लुम्बिनी मेडिकल कलेज ल्याइएको हो।’ 


  

 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.