चार हप्तादेखि बेपत्ता व्यापारी १६ किलो सुनसहित पक्राउ

चार हप्तादेखि बेपत्ता व्यापारी १६ किलो सुनसहित पक्राउ

गोरखा : चार हप्ताअघि बेपत्ता भएका व्यापारी काठमाडौंबाट पक्राउ परेका छन्।धार्चे-१ यारुबगरमा व्यापार गर्ने धनकमललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पछि आफूले १६ किलो सुन लुकाएर भागेको बयान उनले प्रहरीसमक्ष दिएका छन्। 

'धनकमल अपहरण भएको भन्दै हामीले खोज्यौं, 'गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले भने, 'तर उनी भेटिएपछि अर्कै रहस्य खुल्यो।' एसपी अधिकारीका अनुसार गोरखाबाट १६ किलो सुन बरामद भइसकेको छ।

सुन तस्करीका क्रममा अर्को समूहसँग धनकमलको झगडा भएपछि उनी सुन लुकाएर फरार भएको खुलेको छ। खच्चड धपाउँदै हिँडिरहेका उनी माछाखोला आसपासबाट एकाएक गायब भएका थिए।स्थानीयका अनुसार ५ र ६ जनाको समूहले उनलाई अपहरण गरेका थिए। प्रहरीले पनि त्यही अनुसार अनुसन्धान थालेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.