किमको क्षेप्यास्त्रदेखि बोरिसको ‘महान ब्रिटेन’सम्म : कहाँ के भयाे ?

किमको क्षेप्यास्त्रदेखि बोरिसको ‘महान ब्रिटेन’सम्म : कहाँ के भयाे ?

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहार : दक्षिणलाई चेतावनी

सोल : उत्तर कोरियाली नेता किम जोङ उनले यही बिहीबार नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गरेका थिए ।

उक्त घटनाबारे चारै तिरबाट चासो देखाइरहँदा नेता किमले त्यो क्षेप्यास्त्रले दक्षिणलाई चेतावनी दिएको प्रतिक्रिया दिएका छन् । दक्षिण कोरियाले उच्च प्रविधियुक्त हतियार भित्र्याएको र अमेरिकी सेनासँग सैन्यअभ्यास नरोकेको भन्दै यस्तो चेतावनी दिएको किमले बताए ।

सिरिया युद्धको अनुहार : भत्किएको घरबाट बालिकाको हारगुहार

सिरिया : सिरियामा जारी युद्धको विद्रुप अनुहार एउटा अमानवीय घटनाले प्रतिनिधित्व गरेको छ । हालै यहाँ सरकारी हमलाको क्रममा भत्किएको घरको अक्करमा च्यापिएका दुई बालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

हमलापछि भत्किँदै गरेको घरको चेपको धरापमा अड्किएकी दुधे बालिकालाई उद्दार गर्न उनकै सानी दिदीले गरेको प्रयासले धेरैलाई चकित पार्छ । ती बालिकालाई उद्दारकर्मी र स्थानीयले भग्नावशेष घरबाट त झिके तर अस्पतालमा पुगेपछि उनको मृत्यु भयो ।

भारतीय तेल ट्याङ्कर छाड्दै इरान

नयाँदिल्ली : इरानले दुई सातादेखि कब्जामा लिइराखेका ९ वटा भारतीय तेल ट्याङ्करलाई रिहा गरिदिएको बताइएको छ ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । अब ती ट्याङ्कर छिट्टै भारतका लागि छुट्ने उनले बताएका छन् ।

यद्यपि इरानी अधिकारीहरुबाट यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । गैरकानुनी रुपमा तेल ओसारेको भन्दै इरानले भारत, बेलायत लगायत मुलुकका तेल ट्याङ्करलाई कब्जामा लिँदैआएको थियो ।

लिबियामा पानीजहाज दुर्घटना : १५० को उद्धार अझै हुन सकेन

लिबिया : तीन सयजति शरणार्थी र आप्रवासीहरुलाई बोकेर कुदेका दुई पानीजहाज लिबियाको समुद्र किनारमा डुबेका छन् । दुर्घटनापछि एउटा जहाजमा रहेका १ सय ४५ यात्रुको उद्दार भएको छ । उनीहरु उद्दारपछि लिबिया फर्किएका छन् ।

अर्को जहाजमा रहेका १ सय ५० यात्रुको उद्दारका लागि उद्दारकर्मी खटिएका छन् । उद्दारकर्मी खटिए पनि यात्रामा रहेकाहरु बाँच्ने सम्भावना अति न्युन रहेको अधिकारी तथा सहयोग एजेन्सीहरुले बताएका छन् । दुर्घटनामा महिला र बालबालिका समेत रहेको बताइएको छ ।

ब्रेक्जिटबाटै ‘महान ब्रिटेन’ बनाउने बोरिसको बाचा

लण्डन : बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिटले नै बेलायतलाई विश्वकै महान भूमिको रुपमा चनिाउने बताएका छन् ।

ब्रेक्जिट मुद्दा नै बोरिसको मुख्य चुनौतीको रुपमा व्याख्या गरिरहँदा पहिलो भाषणमा नै उनले यसबाट बेलायतलाई थप समृद्ध बनाउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

बोरिसको राष्ट्रवादी मुद्दालाई पनि अन्तर्राष्ट्रिय मिडियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’सँग तुलना गरी टिप्पणी गरेका छन् ।

इजरायलसँगका सम्झौता स्थगित गर्ने प्यालेस्टाइनको घोषणा

प्यालेस्टाइन : प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले इजरायलसँग भएका सबै सम्झौता आफूहरुले स्थगित गरेको घोषणा गरेका छन् ।

प्यालेस्टाइनी लिबरेशन अर्गनाइजेशनको आपतकालिन बैठकपछि ८४ वर्षे नेता अब्बासले यस्तो घोषणा गरेका हुन् । रामाल्लाहस्थित अब्बासले भाषणको क्रममा भने, ‘नेतृत्वले इजरायलसँग हस्ताक्षरित सम्झौता रोक्नका लागि नेतृत्वले गरेको निर्णय हामी घोषणा गर्छौँ ।’

इजरायली अधिकारीले प्यालेस्टाइनी अधिकारीसँगका सम्झौता अस्वीकार गरेपछि आफूहरुले निर्णय गरेको अब्बासले बताए ।

अमेरिकी विदेशमन्त्री भन्छन् : इरानले बोलाए वार्ता गर्न खुसी भएर जान्छु

वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले इरानसँगको द्वन्द्व मत्थर पार्नका लागि आफू इरान जान तयार रहेको बताएका छन् ।

ब्लुमबर्ग टेलिभिजनलाई हालै दिएको अन्तर्वार्तामा उनले भने, ‘हो, यदी बोलावत भयो भने म खुसी भएर त्यहाँ जान्छु, म इरानी जनतासँग कुराकानी गर्न पाउने अवसरलाई स्वागत गर्छु ।’ पोम्प्योको उक्त अभिव्यक्तिमाथि इरानले भने कुनै जवाफ दिएको छैन ।

गत वर्षदेखि नै इरान र अमेरिकाबीच द्धन्द्ध बढेको हो । इरान र अमेरिका युद्धउन्मुख भइरहँदा अमेरिकी नेताले द्वन्द्व समाधानको लागि आवस्यक परे आफू जान तयार रहेको बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.