प्रधानमन्त्रीको बुद्धि बंगारो खुस्किएपछि...

प्रधानमन्त्रीको बुद्धि बंगारो खुस्किएपछि...

काठमाडौं : प्रधानमन्त्री केपि शर्मा ओलीले आफू अस्थायी बिरामी भएको बताएका छन्। बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपणपछि औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आफू अस्थायी बिरामी भएको बताए। 

शनिबार बिहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू नक्कली बिरामी नभएको प्रष्ट्याए। उदघाटन कार्यक्रममा उनले अहिलेका व्यक्तिको जीवनशैली, स्वास्थ्य अवस्थाको चर्चा गरेका थिए । आफ्नी हजुरआमा १०१ वर्ष हुँदा पनि स्वस्थ रहेको भन्दै  प्रधानमन्त्री ओलीले शुक्रबार राति आफ्नो बुद्धि बंगारो खुस्किएको प्रसंग जोडेका हुन् ।  ‘हिजोराति दाहिनेपट्टिको बुद्धी बंगारो आफैँ खुस्कियो। बंगारोको जरा रहेनछ। रगत पनि आएन। बंगारो अशक्त भएको रहेछ।’  आफू  ६७ वर्षकै उमेरमा अवस्थ भएकोबारे उनले  चर्चा गरे । 
          

 भवन उद्घाटनका लागि बिहान  ९ बजे निर्धारित समय तोकिए पनि प्रधानमन्त्री ओली झण्डै एक घण्टा ढिलो उपस्थित भएका थिए ।  अस्वस्थ महसुस भएपछि अलिबेरसम्म सुतेको र कार्यक्रममा  आउन ढिलो भएको प्रधानमन्त्री ओलीले बताए ।


    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.