रूसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्दै टर्की

रूसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्दै टर्की

अंकारा : टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सन् २०२० को अप्रिलदेखि जडान गरिने बताएका छन् । अमेरिकाले रूसी हतियार खरिदप्रति विमति राख्दै अमेरिकाले टर्कीलाई अत्याधुनिक अमेरिकी लडाकु विमान एफ–३५ बिक्री नगर्ने जनाइसकेको छ । 

राजधानी अंकारामा राष्ट्रपतिको दल न्याय तथा विकास पार्टी (एकेपी) को भेलामा सम्बोधन गर्दै राष्ट्रपति एर्देगानले सन् २०२० को अप्रिलमा रूसी हतियार जडान प्रक्रिया आरम्भ हुने जानकारी दिएका छन् । रूसले उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली यसै महिना टर्की पठाइसकेको छ । रूसी हतियार खरिद गरेको विरोधमा अमेरिकाले बहुप्रतीक्षित एफ–३५ विमान बिक्री गर्ने योजना रद्द गरेको छ ।

अमेरिकाले आफ्ना लडाकु विमानमा प्रयोग गरेको अति संवेदनशील प्रविधि र सूचना चोरी हुने आशंका व्यक्त गरेको छ । राष्ट्रपति एर्दोगानले सम्बोधनका क्रममा अमेरिकी निर्णयप्रति लक्षित गर्दै भने, ‘तपाईंहरू एफ–३५ दिनु हुन्न ? धेरै राम्रो, तर यसबाट उत्पन्न हुनसक्ने संकट निवारण गर्ने उपाय हामीसँग पनि छ र हामी अरू देशलाई गुहार्न बाध्य हुनेछौं ।’

उनले बोइङ कम्पनीको अर्बौं डलरको आदेश रद्द गर्न आफूहरू पनि बाध्य हुने चेतावनी दिए । उनले गत महिना जापानमा सम्पन्न जी२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसमक्ष आफूले यस विषयलाई गम्भीरतापूर्वक राखेको पनि बताएका थिए । टर्की र अमेरिकाबीच यसै साता भएको बैठकमा उत्तरी सिरियामा मध्यवर्ती क्षेत्र निर्माण गर्ने विषयमा छलफल भएको थियो । बैठकमा टर्की र कुर्दिस फौजबीच थप लडाइँ रोक्ने बारेमा छलफल केन्द्रित भएको थियो । –रासस÷एएफपी

४४ प्रहरी पक्राउ

टर्कीको प्रहरीले सन् २०१६ को असफल राज्य विद्रोहमा सघाएको आरोपमा शनिवार देशभरबाट ४४ प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

टर्कीका धर्मगुरु फेतुल्ला गुलेनको सञ्जालको सहयोगमा गरिएको भनी टर्की सरकारले आरोप लगाउँदै आएको सन् २०१६ को जुलाई १५ मा भएको उक्त उक्त विद्रोहमा २५० जनाको ज्यान गएको थियो । प्रहरीले शनिबार एकै समयमा ३० प्रान्तमा शुरु गरेको अभियानमा ६४ जना शंकास्पद अधिकारीलाई खोजी गरिएको र ४४ जना फेला परेको सरकारी अधिकारीलाई उद्धृत गरी टर्कीको अनादोलु समाचार संस्थाले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.