डेंगुको निःशुल्क परीक्षण

डेंगुको निःशुल्क परीक्षण

विराटनगर : मोरङको बेलबारी नगरपालिकाले आइतबारबाट डेंगुको निःशुल्क परीक्षण गर्न थालेको छ। नीजी स्वास्थ्य संस्थाले महँगो शुल्क लिएको गुनासो बढेसँगै नगरपालिकाले परीक्षण निःशुल्क गरिदिएको हो। नगरप्रमुख ज्ञानेन्द्र सुवेदीकाअनुसार बेलबारी–१ को बेलबारी, ९ को डाँगीहाट र ७ को बाहुनी स्वास्थ्य चौकीमा आइतबारदेखि डेंगु परीक्षणको कुनै पनि शुल्क लाग्ने छैन।

संक्रमण फैलन नदिन गाउँ–गाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए। टोलीले विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै नगरवासीलाई जागरुक गराउने काम पनि गरिरहेको उनको भनाइ छ। नगरपालिकाले डेंगुको लार्भा खोजी तथा नष्ट गर्ने, औषधि छर्कनेदेखि विभिन्न सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरेका नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले बताए।

नीजी स्वास्थ्य संस्थाले डेंगु परीक्षण गर्दा एक हजार पाँच सय रुपैयाँभन्दा बढी शुल्क लिने गरेको पीडितले गुनासो गरेका छन्। किट महँगो पर्नेभन्दै सरकारी स्वास्थ्य संस्थाले पनि प्रतिसंक्रमित ६ सय रुपैयाँसम्म लिने गरेका छन्। प्रदेश १ का सुनसरी, मोरङ र झापामा डेंगुको संक्रमण दिनप्रति दिन बढ्दो छ। नियन्त्रण र संक्रमितको उपचारमा समस्या भइरहेको छ।

प्रदेश १ सरकारले भने जुनसुकै स्वास्थ्य संस्थाले पनि डेंगु परीक्षणमा ६ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने नियम लागु गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। बढी रकम लिने गरिएको गुनासो आइरहेको बताउँदै उनले सरकारले बनाएको नियम उल्लंघन गर्नेलाई कारबाही गरिने चेतावनी दिए। घिमिरे सरकार डेंगु नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको बताउँछन्।

मोरङमा अहिलेसम्म ६८ जनामा डेंगुको संक्रमण फेला परेको छ। ‘डेंगुको संक्रमण दिनप्रति दिन बढ्दो छ,’ जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले भने, ‘नियन्त्रणका लागि स्वास्थ्यकर्मीको विशेष टोली परिचालित छ।’ उनले डेंगु संक्रमण रोक्न मच्छरका लार्भा र पिउपा मार्न सर्च एण्ड डिस्ट्रोए (खोज्ने र नष्ट गर्ने) अभियानलाई जारी राखिएको जनाए।

केही दिनयता मोरङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण गर्ने किटको अभाव रहेको प्रमुख बस्नेतले जानकारी दिए। ‘हामीले तत्काल किट पठाउन आग्रह गरिरहेका छौं,’ उनले भने, ‘माथिल्लो निकायबाट मेडिकल स्टोरमै सकिएकाले पठाउन नसकिएको जवाफ आइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.