मुक्तिनाथ दर्शन गर्न गएका भारतीय तीर्थयात्रुको मृत्यु
पोखरा : मुक्तिनाथ दर्शन गर्न गएका एक भारतीय तीर्थयात्रुको मृत्यु भएको छ। मन्दिर दर्शन गरी फर्कने क्रममा बिरामी भएका उनको अस्पतालमा मृत्यु भएको हो।
भारतको हैदराबादका ६३ वर्षीय प्रशन्न कुमार मन्दिर दर्शन गरेर फर्कने क्रममा बिरामी भएपछि आइतबार जिल्ला अस्पताल जोमसोममा भर्ना गरिएको थियो।
उपचार पछि अस्पतालबाट फर्कने क्रममा अस्पतालमै फेरी बेहोस भएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस !