च्याम्पियन खेलाडीलाई एक लाख पुरस्कार

पोखरा : प्रथम नेपाल फुलकन्ट्याक्ट प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसिप पोखरामा हुने भएको छ। पोखरा रंगशालमा भादौ १४ गते हुने च्याम्पियनसिपमा ३२ जना महिला र ३२ पुरुष खेलाडी गरी ६४ जनाको सहभागीता रहने पोखरामा मंगलदबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था नेपाल फुलकन्टयाक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए।
पुरुष तथा महिला खुल्ला तौल समूहमा हुने प्रतियोगितामा नेपाल फुलकन्ट्याक्ट कराते महासंघमा आवद्ध सबै संघका खेलाडीले प्रतिष्पर्धा गर्ने अध्यक्ष बस्नेले बताए। देशभरीका सबै संघका खेलाडीबीच प्रतिस्पर्धा गराई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराई देशका लागि पदक ल्याउने उद्देश्यले ग्राण्ड च्याम्पियनसिपको आयोजना गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष रामजी प्रसाद बज्राचार्यले सुनाए।
ग्राण्ड च्याम्पियनसिपमा च्याम्पियन महिला तथा पुरुष खेलाडीले एक-एक लाख रुपौयाँ पाउने छन्। यो पुरस्कार राशी च्याम्पियनसिप प्रतियोगिताको अहिलेसम्मको सर्वाधिक राशी भएको उपाध्यक्ष बज्राचार्यले बताए।
यस्तैगरी द्वितीय हुने महिला तथा पुरुष खेलाडीले ५० हजार र तृतीय हुने खेलाडीले २५ हजार पुरस्कार प्रप्त गर्ने छन्। खेलाडीलाई खेलप्रतिको आकर्षण बढाउन पनि प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिता संचालन गर्न करिब १२ लाख रुपौयाँ लाग्ने महासंघका अध्यक्ष बस्नेतले जानकारी दिए। यस प्रतियोगिताको सह-आयोजक युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्ट रहेको छ। पर्यटकीय सहर पोखरामा हुने यस प्रतियोगिताबाट पोखराको पर्यटन प्रवद्धनमा पनि सघाउ पुग्ने उनले विश्वास गरे।
कराते फुलकन्ट्याक्ट शैलीबाट खेलिने खेल सन् १९६४ तिर जापानमा स्थापित सबैभन्दा बलियो हात युद्ध गर्ने कलाको रुपमा चिनिने खेल विश्वभर फैलिएको हो। तीन दर्शकसम्म व्यापकता पाएको यस खेल त्यस पश्चात जापानमा विभिन्न हांगामा विभाजन हुन विभाजन हुन पुग्यो। जसको असर नेपालमा समेत पर्यो। विभाजित संघ, डोजो, क्लबका रुपमा विभिन्न हांगामा रहन पुग्यो।
२०६१सालमा सबै विभाजित संघ, डोजो, क्लबलाई समेटेर छाता संगठनको रुपमा नेपाल फुलकन्टयाक्ट कराते महासंघ गठन भएको उनले बताए। फुलकन्टयाक्ट कराते बिधाहरुलाई यस भित्र समेटिंदै आएको पनि उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !
