रासायनिक मल चरम अभाव

रासायनिक मल चरम अभाव

चितवन : पटिहानीका प्रेमप्रसाद सापकोटा दिनभर मल खोज्दै हिँडे तर कतै पाएनन्। घरै अगाडि रहेको सहकारीमा बिहीबार बिहानै ४ बजे लाइन बसेका उनको पालमा मलै सकियो। चार बोरा मल ५० जनालाई बाँढ्दा सकिएपछि उनको भागमा मल पुगेन।

दिनभर अन्य पसल चाहार्दा पनि सापकोटाले मल पाएनन्। १२ कट्ठामा धान लगाएका उनले एकपटक पनि मल हाल्न नपाएको गुनासो गरे। ‘अहिले धान पसाउने बेलामा खेतमा न मल परेको छ न जल नै’, उनले दुखेसो पोखे, ‘दिनभर भरतपुरका सबै ठाउँ पुगेर मल किन्न खोजे कतै पाइन।’ दिनभर बजार डुलेर उनी खिन्न हुँदै रित्तै घर फर्किए।

भरतपुरकी मधु क्षेत्रीले चार घण्टा लाइन बसेर तीन किलो मल पाइन्। उनको खेतमा १६ किलो मल चाहिन्छ। बिहान १० बजेबाट लाइन बसेकी उनले २ बजे पालो पाइन। प्रतिव्यक्ति तीन किलोको दरले बिक्री गरिएको मल पाएपछि उनी दंग थिइन्। मल लिनकै लागि यसअघि चारपटक लाइन बस्दा उनले मल पाउन सकिनन्। पसाउन लागेको धानमा आवश्यकताअनुसार मल राख्न नपाएको उनको दुखेसो छ।

कतिपयको धान खेतमा धाँजा फाट्न थालेको छ। आकासे पानीको भरमा किसान बसेका छन्। मल बिक्री हुने पसलमा बिहानैदेखि किसानको भीड लाग्छ। पालो अघिपछिको विवादले झगडासमेत हुने गरेको छ। हरेक दिन मल खोज्दै भौतारिरहेका किसानले धानको गाँज लाग्ने बेलामा समेत मल पाएका छैनन्। ‘तीन किलो मल गमलामा राख्दैमा सकिन्छ खेतमा के हाल्नु’, भरतपुर ४ वैदिकनगरका नरनारायण गैरेले भने, ‘खेती लगाएर पनि खान नपाइने कस्तो देश हो हाम्रो ? ’

गत वर्ष स्टक नहुँदा अहिले युरिया मलको हाहाकार छ। धान खेतीका लागि तीनपटक मल हाल्नुपर्छ। तर, कतिपयले एकपटकसमेत पाउन सकेका छैनन्। धान रोप्ने समयदेखि किसानले मल अभावको समस्या झेल्दै आएका छन। निजी क्षेत्रमार्फत बिक्री हुने रासायनिक मल महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ। त्यो पनि पर्याप्त छैन।

हरेक दिन मल खोज्दै भौतारिरहेका किसानले धानको गाँज लाग्ने बेलामा समेत मल पाएका छैनन्।

रोपाइँ सकिएको १५ देखि २० दिनभित्र धानको वृद्धि विकास गर्न युरिया मल आवश्यक पर्छ। ‘तीनपटक हाल्ने मल एकपटक पनि नपाउदा किसान आक्रोशित छन’, भरतपुरको हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक श्यामकुमार गिरीले भने, ‘पाँच बोरा मललाई तीन किलोको दरले पुर्‍याउनु सारै गाह्रोे छ।’

साउन र भदौमा धानखेतीका लागि युरिया मलको माग बढी हुन्छ। यो सिजनमा जिल्लामा करिब २५ सय मेट्रिक टन युरिया मल आवश्यक भएकामा अहिलेसम्म एक हजार मेट्रिक टन मात्रै वितरण भएको साल्ट टे«डिङ कर्पोरेसनले जनाएको छ। अनुदानको रासायनिक मल वितरणकोको जिम्मेवारी पाएको साल्ट टे«डिङ कर्पोरेसनले चितवनमा आठ सय मेट्रिक टन मल वितरण गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड चितवनले दुई सय मेट्रिक टन वितरण गरेको छ।

हरेक वर्ष सिँचाइ र मलको अभावले किसान पीडित हुने गरेका छन्। जिल्लामा करिब २९ हजार हेक्टर जमिनमा धानखेती गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.