मापसेले निम्त्याएको त्यो दुर्घटना, प्रहरीले झन्डै लुकायो

मापसेले निम्त्याएको त्यो दुर्घटना, प्रहरीले झन्डै लुकायो

भरतपुर : भरतपुर महानगरपालिकाको मूल सडकमा शनिबार राति भएको एक दुर्घटना प्रहरीले गोप्य राख्न खोजेको भेटिएको छ। राति करिब ११ बजतिर भएको सडक दुर्घटनामा बा २१ च ७४२ नम्बरको गाडी सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।

तर भरतपुर महानगर १० चौबिसकोठीको व्यस्त चोकमा घटेको यो घटना ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी कन्ट्रोल रुम कतै पनि दर्ता भएको भेटिएन।

अन्नपूर्णले प्रहरी कन्ट्रोलको १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्दा उक्त दुर्घटनाबारे रिपोर्टिङ भएको र दर्ता भएको भेटिएन।

फिल्डमा खटिएका प्रहरीदेखि, गस्तीमा खटिएकासम्मले यसबारे सूचना दिन मानेनन्। डीएसपी तहसम्मबाट पनि घटनाबारे जानकारी पाइएन। 

ट्राफिक प्रहरीका इन्सपेक्टर चन्द्र गिरीले ९ बजेपछि ट्राफिकको ड्युटी सकिने भएकोले आफूहरूलाई घटनाबारे थाहै नभएको बताए। 'हाम्रो ड्युटीपछि जिल्ला प्रहरीले गस्ती गर्छ। उसैले हेर्छ', उनको प्रतिक्रिया थियो। 

ट्राफिक प्रहरीले घटनाबारे थाहै नभएको दाबी गरेपछि अन्नपूर्णले जिल्ला प्रहरी कार्यालयको रेकर्ड हेर्‍यो। तर त्यहाँ पनि राति कुनै दुर्घटना भएको उल्लेख थिएन। डीएसपी तहसम्मले घटनाबारे अनभिज्ञता देखाए। 

चितवनका एसपी दानबहादुर मल्लले पनि पहिलो प्रयासमा घटनाबारे बताउन मानेनन्। दोस्रोपटक बल्ल उनले घटनाबारे बुझेको बताए। 'मापसेको घटना रहेछ', उनले भने, 'त्यही अनुसार कारबाही हुन्छ।' 

ट्राफिक प्रहरी तथा नेपाल प्रहरीमा घटनाबारे किन केही रेकर्ड नभएको भन्ने प्रश्नको उनको जवाफ थियो- 'त्यहाँ प्रहरीको गस्ती टोली थियो। गस्ती टोलीले नै भेटेर उद्दार गरेपछि के को रेकर्ड ? न कसैको उजुरी, न केही।' 

दुर्घटनामा परेको गाडी चलाएका थिए स्थानीय व्यवसायी मनोजराज श्रेष्ठले। भरतपुर १ का श्रेष्ठ लालिगुराँस डेन्टलका सञ्चालक हुन्। उनी जेसिसका अभियन्ता पनि हुन्। अहिले उनी जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन्। 

बा २१ च ७४२ नम्बरको गाडी बिजुलीको पोलमा ठोक्किएर माथि चढेको थियो। उक्त बिजुलीको पोल नै भाँचिएको थियो। तर उनलाई चोटपटक लागेन। उनी सामान्य अवस्थामा रहेको एसपी मल्लले बताए। 

मापसेले ठूलै दुर्घटना निम्त्याएकाले अरु केही कारबाही हुन्छ कि भन्‍ने अन्नपूर्णको प्रश्नमा मल्लले त्यो कारबाही विद्युत प्राधिकरण वा सडक विभागले गर्न सक्ने बताए। 'हामीले कारबाही गर्ने मापसेमा हो. सचेत बनाएर छोड्ने हो', उनले भने, 'उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ। छोडेका छैनौँ। क्षतिपूर्ति भराउने निकाय छन्।' 

गाडी ठोक्किएर भाँचिएको बिजुलीको पोल आइतबार बिहानै गुपचुप फेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.