फेवातालमा जलकुम्भीको सकस (फोटो)
पोखरा : जलकुम्भी झारले फेवाताल हरियाली बनेको छ। पोखराको प्रमुख पर्यटकीय केन्द्रमा आउने पर्यटक जलकुम्भी झारको कारण सहज रुपमा नौंका बिहार गर्न पाएका छैनन्।
फेवाताल पारीका किसानले आफ्नो उत्पादन बजारसम्म ल्याउन सकस बेहोरेका छन्। ४ दिनदेखि झरी लागेपछि तालमा पानीको सतह बढ्यो। तालको मुहान क्षेत्रको सिमसार क्षेत्रमा फैलीएर रहेको जलकुम्भी ताल बग्ने क्रममा तालमा फैलियो।

तालमा बाक्लै फैलिएको जलकुम्भी र बन्दा झारको कारण डुंगामा दैनिक दुध बजार ल्याउन सकस परेको पुम्दी सिम्लेपात्लेका किसान शालिकराम बरालले बताए।
अरु बेला ४५ मिनेटमा डुंगामा तालपारीको सिम्लेपात्लेबाट पोखरा बजार बैदाम पुगिन्थ्यो। तालमा फैलिएको बाक्लो जलकुम्भी झारले गर्दा डेढ घण्टा लाग्ने गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !