पोखरामा भित्रिए हिमाली च्यांग्रा

पोखरामा भित्रिए हिमाली च्यांग्रा

पोखरा : पर्यटकीय सहर पोखरामा दसैं आएसँगै हिमाली च्यांग्रा पोखरा बजार झरेका छन्। व्यवसायीले हिमाली जिल्ला मुस्ताङ, डोल्पा, बझाङलगायत जिल्लाबाट च्यांग्रा बिक्रीका लागि पोखरा ल्याइपुर्‍याएका छन्।

हिमाली लेकमा पाइने भेडा, च्यांग्राले जडीबुटी खाने भएकाले स्वादिलो र स्वास्थ्यका लागि राम्रो हुने पोखरेलीको बुझाइ छ। दसैंको घटस्थापना सुरु भएसँगै च्यांग्रा पोखरा बजारमा झर्न थाल्छन्।

यस वर्ष मुस्ताङमै भेडा, च्यांग्रा कम छ। लामो समय परेको हिमपातले ठूलो संख्यामा भेडा, च्यांग्रा मरेपछि उत्पादन कम भएको हो। मुस्ताङको कोरला नाकामा बर्सेनि लाग्ने मेलामा भेडा च्यांग्रासमेत भित्रिने भए पनि यस वर्ष मेलासमेत नभएपछि कम भेडा च्यांग्रा पोखरा आउने अनुमान गरिएको थियो।

मुगु र डोल्पाबाट गत वर्षभन्दा धेरै संख्यामा भेडा च्यांग्रा आएकाले यस वर्ष गत वर्षभन्दा धेरै संख्यामा मुस्ताङ हुँदै दसैंका लागि भेडा च्यांग्रा बहिरिएको घरपझोङ गाउँपालिका जोमसोमका पशु सेवा अधिकृत आमप्रसाद थकालीले जानकारी दिए।

हिमपातले धेरै भेडा च्यांग्रा मरेकाले यस वर्ष मुस्ताङकै च्यांग्रा बढीमा ५ हजार मात्र दसैंका लागि जिल्ला बिहिरिएको पशु सेवा अधिकृत थकालीले बताए। मुगु र डोल्पाबाट गरी यस वर्ष दसैंका लागि २२ हजार ७ सय भेडाच्यांग्रा मुस्ताङबाट बाहिरिएको उनले सुनाए। खाद्य संस्थानले लगेको २ हजारसहित यस वर्ष २४ हजार ७ सय भेडा च्यांग्रा मुस्ताङबाट बाहिरिएको थकालीले जानकारी दिए। गत वर्ष मुस्ताङबाट १८ हजार भेडा च्यांग्रा बाहिरिएका थिए।

यस वर्ष बझाङबाट पनि व्यापारीले भेडा च्यांग्रा पोखरा ल्याएका छन्। बझाङबाट ट्रकमा १ सय ८० भेडा च्यांग्रा बिक्रीका लागि पोखरा ल्याएको जोगा बोहराले बताए। बझाङबाट किनेर ल्याउँदा च्यांग्राको साइजअनुसार प्रतिच्यांग्रा १६ हजार र ठूलोलाई २० हजारसम्म ल्याएको उनले सुनाए।

पोखरामा सानोलाई १९ देखि २० हजारसम्म र ठूलोलाई २९ देखि ३० हजारसम्म बिक्रीका लागि राखिएको छ। मुस्ताङको लोमान्थाङबाट ल्याइएको च्यांग्राको साइजअनुसार १९ हजारदेखि ३० हजारसम्म मूल्य निर्धारण गरिएको व्यापारी तेन्जिङ लामाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.