भुटानमा खेलको तयारी गर्दै यू १५ नेपाली महिला खेलाडी (तस्बिर)
थिम्पु : 'साफ यू १५ महिला च्याम्पियनसिप'मा भाग लिन भुटान नेपाली चेलीले खेलको तयारी थालेका छन्। दसैं मनाए लगत्तै उनीहरु पुन: खेलको तयारीमा जुटेका हुन्।
भुटानमा आयोजना भएको खेलमा सहभागी हुन सोमबार उनीहरु भुटान गएका थिए। सो प्रतियोगितामा असोज २२ देखि २८ सम्म चल्नेछ। प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारत गरी ४ देश सहभागी छन्।
नेपालले भारतसँग खेलेर असोज २२ गते प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै असोज २४ मा बंगलादेशसँग र असोज २६ गते आयोजक टोली भुटानसँग खेल्ने छ।