पोखरामा चिनियाँ पर्यटक बढे

पोखरामा चिनियाँ पर्यटक बढे

पोखरा : चीनको गोन्जाओ सहरबाट पोखरा घुम्न आएकी हेलनले आइतबार सराङ्कोटबाट अन्नपूर्ण हिमशृंखलाको सुन्दर दृश्य देखेपछि उफ्रँदै फोटो खिचाइन्। पोखरा बजारमा बाक्लो कुहिरो लागे पनि सराङ्कोटबाट आइतबार बिहान अन्नपूर्ण हिमशृंखला र सूर्योदयको सुन्दर दृश्य देखिएको थियो।

उनीसँगै आएका उनका साथीहरूले पनि हिमालको दर्शन मात्र गरेनन्। विभिन्न पोजमा अन्नपूर्ण, माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाए। अग्ला सुन्दर हिमाल, पहाड, ताल र तलैया जस्ता प्राकृतिक सुन्दरताले गर्दा नेपाल सारै सुन्दर रहेको उनले सुनाइन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने उनले विश्वास गरिन्। नेपाल आफैमा सुन्दर छ। राष्ट्रपति सीको भ्रमण पछि नेपालबारे थाहा नपाएका चिनियाँले पनि यहाँको प्राकृतिक सुन्दरताको बारेमा थाहापाउने भएकाले धेरै चिनियाँ पर्यटक नेपाल घुम्न आउने उनले सुनाइन्।

पछिल्लो समयमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको चिनियाँ पर्यटकका गाईड उज्वल महर्जनले बताए। चिनियाँ पर्यटक प्राकृतिक, सांस्कृतिक सम्पदा निकै रुचाउने भएकाले त्यस्ता सम्पदा रहेको ठाउँमा फोटो खिच्न निकै हौसिने गरेको पनि उनले सुनाए। चिनियाँ पर्यटक पछिल्लो समयमा चरा हेर्न र चराका तस्बिर खिच्न मात्र पनि आउने गरेको पोखरा पन्क्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए। असोजको पहिलो सातादेखि हिमाली क्षेत्रको पदयात्राका लागि सबैभन्दा अनुकूल समय मानिन्छ। यही समयमा नेपालमा धेरै पर्यटक आउने गर्दछन्। यसैले सराङ्कोटबाट अन्नपूर्ण हिमशृंखला र सूर्योदयको दृश्यावलोकन गर्ने विदेशी पर्यटकको बिस्तारै भीड बढ्दै गएको छ। यही भीडमा युरोप, अमेरिकन, भारतीय मात्र होइन चिनियाँ पर्यटक पनि बढ्दै गएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणले चीनमा नेपाल प्रवद्धनमा महत्त्वपूर्ण हुने पोखराका पर्यटन व्यवसायीले बताएका छन्। यस अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको समयमा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथ दर्शन गरेकै कारण भारतीय तीर्थयात्री मुक्तिनाथ दर्शन गर्न जाने क्रम अझै पनि बढिहेको छ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषण गरेको अवस्थामा चीनका राष्ट्रपतिको नेपाल भ्रमणले चिनियाँ पर्यटकको आगमन बढ्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले विश्वास गरे। भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरेपछि जसरी भारतीय पर्यटकको नेपाल घुम्न आउने क्रम बढ्यो र व्यवसायीले अझै पनि त्यसबाट लाभ दिइरहेको छन्। त्यसरी नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि चिनियाँ पर्यटक पनि बढ्ने उनले विश्वास गरे।

चिनियाँ राष्ट्रपतिलाई बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गराउन सके नेपाल पर्यटन प्रवद्धनमा कोसेढुंगो सावित हुने उनले बताए। पछिल्लो समयमा त्यो स्थान चिनियाँ पर्यटकले लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोखरेलले बताए।

चीनका राष्ट्रपतिको नेपाल भ्रमणले चिनियाँ पर्यटकको आगमन थप बढ्ने विश्वास पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनको

पर्छ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले चीनमा मात्र होइन विश्व पर्यटन बजारमा नै सकरात्मक सन्देश जाने उनले बताए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले भिजिट नेपाल २०२० को प्रवद्धनमा पनि सघाउने उनले सुनाए। चीनका राष्ट्रपतिको नेपाल भ्रमणले थप आकर्षण बढ्ने टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.