चितवनका डाक्टरले मागे सुरक्षा (भिडियो)
चितवन : पेशागत रुपमा असुरक्षित भएको भन्दै चिकित्सकले सुरक्षाको माग गरेका छन्। विरामीको उपचार गरेकै भरमा अस्पताल तोडफोड हुन थालेपछि काम गर्न नसकेको गुनासो उनीहरुको छ।
चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुरक्षा नहुँदा त्रासमा काम गर्न बाध्य भएको नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा.प्रकाश खतिवडाले बताए। विरामीको मृत्युको विषयलाई लिएर स्वास्थ्यकर्मी असुरक्षित भएको उनले बताए।
आफ्ना माग पुरा नभए संघले चितवनका सम्पूर्ण अस्पताल र क्लिनिकहरुको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस !