अन्तर्राष्ट्रिय क्यासांग च्यालेन्ज पोखरामा

अन्तर्राष्ट्रिय क्यासांग च्यालेन्ज पोखरामा

पोखरा : पोखराको अपर सेती नदीमा अन्तर्राष्ट्रियस्तरको दि क्यासांग च्यालेन्ज प्रतियोगिताको तयारी गरिएको छ । नेपाल एशोसियसन अफ र्‍याफिट्ङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरामा कार्तिक ८ र ९ गते अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा साइक्लिङ, रनिङ र कायाकिङ प्रतिस्पर्धा गरिने आयोजक नारा गण्डकी प्रदेशका अध्यक्ष विरेन्द्र लामाले जानकारी दिए । आफ प्रतियोगिताअन्तर्गत रनिङ र साइक्लिङ प्रतिस्पर्धा पनि हुनेछ। 

अष्ट्रेलियाकी अन्तर्राष्ट्रिय कायकिङ खेलाडी क्यासन्ड्रको सम्झनामा नेपालमै पहिलो पटक यस्तो प्रतियोगिता भएको हो । २०१८ को नोभोम्बर २९ गते पोखराको हेमजास्थित सेती नदीमा कायकिङ गर्ने क्रममा उनी दुर्घट्नामा परी मृत्यु भएको थियो ।

पोखराको लेकसाइडदेखि सुरु हुने प्रतिस्पर्धामा याम्दी दोभान सम्म ७ दशमलब ५ किलोमिटर दुरीमा साइक्लिङ गर्नुपर्नेछ । त्यसपछि याम्दी दोभानदेखि मर्दीखोला दोभानसम्मको ६ दशमलब ५ किलोमिटर दुरीमा रनिङ गरी मर्दी खोला दोभानदेखि सेती नदीमा याम्दी दोभान सम्म ८ किलोमिटर दुरी रिभर रेस कायाकिङ गर्नुपर्ने छ। 

प्रतियोगिता पुरुष र महिला गरी दुई विधामा हुने छ । दि क्यासांग च्यालेन्ज प्रतियोगिताको फुल प्रतियोगिताको पुरुष र महिला दुवै विद्यामा प्रथम हुनेले १ लाख पुरस्कार पुरस्कार पाउनेछन्। यसैगरी  दोश्रो हुनेले ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् ।

दि क्यासांग च्यालेन्ज प्रतियोगिताको हाफ प्रतियोगिता (साइक्लिङ र रनिङ) विधामा सहभागीतर्फ प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार नगद प्राप्त गर्ने प्रतियोगिताका टेक्निकल को अर्डिनेटर नाराका निवर्तमान केन्द्रिय अध्यक्ष निमबहादुर मगरले जानकारी दिए । 

दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालसँगै क्यानडा, भारत, अष्ट्रेलिया, इङ्गयाण्ड, वेलायत, अर्जेन्टिना, अष्ट्रिया, फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, न्युजील्याण्ड, जापान, नेपाललगायतका देशबाट करिब २ सयजनाको सहभागीता रहने नेपाल एशोसियसन अफ र्‍याफिट्ङ एजेन्सी (नारा) गण्डकी प्रदेशका सदस्य मिलन तिवारीले जानकारी दिए।

पोखरालाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने यो इभेन्टले महत्वपूर्ण भूमिका खेल्ने आयोजकका विश्वास छ । गत वर्ष कायाकिङ गर्ने क्रममा अष्ट्रेलियन २३ वर्षीया कासांगको निधन भएपछि उनको परिवारले स्थापना गरेको कोषबाट यो प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । उनका बाबा आमाले प्रतियोगितालाई सहयोग समेत गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.