तस्बिरमा धान थन्क्याउने चटारो
पोखरा : दसैं, तिहार सकिएसँगै पोखराका किसानहरु धान थन्क्याउने चटारोमा छन्। पोखराको बिरुवाफाँट, लेखनाथ, हेमजा, चाउँथेफाँट लगायतका फाँटमा किसानहरु धान काट्ने, चुट्ने, बत्ताउनेमा ब्यस्त छन्। कोही धानको कुन्यू लगाइरहेका छन् कोही चुट्ने र दाइँ राखेर थन्क्याउनमा व्यस्त छन्।
असारमा रोपेको धान कात्तिकदेखि मंसिरसम्ममा पाकिसक्छ। धान पाकेसंगै किसानहरु धान थन्क्याउने चटारोमा हुन्छन्। कास्कीको हेमजा र लेखनाथका किसान आलु खेती गर्न अरु धानभन्दा छिटो पाक्ने हाइब्रीड धान लगाउने गर्दछन्।
पोखराको बिरुवाफाँट, फेवा फाँटमा जेठोबुढो धान रोप्ने गरिन्छ। धान थन्कयाउने समयमा पानी पर्दा भने किसान चिन्तित छन्। पोखरामा धान थन्क्याउने चटारो तस्बिरमा।




प्रतिक्रिया दिनुहोस !