बूढीगण्डकीको मुआव्जा माग्दै बाबुराम भट्टराई धर्नामा

बूढीगण्डकीको मुआव्जा माग्दै बाबुराम भट्टराई धर्नामा

गोरखा : बूढीगण्डकी पीडितलाई यथासीघ्र उचित मुआव्जाको व्यवस्था गर्न माग गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई धर्ना बसेका छन् । डुबान पीडित क्षेत्रका जनप्रतिनिधिको आन्दोलनको पहिलो दिन जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको पहिलो दिनको आन्दोलनलाई समर्थन गर्दै भट्टराई धर्नामा सहभागी भएका हुन् । जनप्रतिनिधिको धर्ना कार्यक्रममा प्रतिपक्षी दलका नेता पाण्डे, गोरखा २ बाट निर्वाचति सांसद समेत रहेका भट्टराई, गोरखाबाट निर्वाचित प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, धादिङका सांसाद, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, उपाध्यक्ष कल्पना नेपाली, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भुकुमार थापा, उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटी, सरोकार समितिका संयोजकहरु जगनाथ खनाल र दिनेश ढकाल, आरुघाट गाउँपालिका ९ का अध्यक्ष डिलबहादुर रोका, १० अध्यक्ष मेनबहादुर अधिकारी, ८ का अध्यक्ष मुरारी खनाल, त्रिपुरासुन्दरी गाउँपालिका २ का अध्यक्ष कृष्ण खत्री, ५ का अध्यक्ष कृष्ण काप्री, ७ का अध्यक्ष देवराज धरेल, गण्डकी गाउँपालिका ८ का अध्यक्ष रामप्रसाद रेग्मीलगायत सहभागी छन्।

यसअघि सम्पन्न पीडित क्षेत्रका स्थानीयबासीको भेलाले मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिने, ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा धर्नाको कार्यक्रम तय भएको संघर्ष समितिका अध्यक्ष जगनाथ खनालले बताए । ८ गतेसम्म उचित मुआब्जा निर्धारण नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.