सर्लाहीको हरिपुर्वामा खस्यो ८० प्रतिशत मत
मलंगवा : सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा ८०.६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडाध्यक्षका लागि भएको मतदानमा १ हजार ९३ मत खसेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश कृष्णराम कोइरालाले जानकारी दिए।
उक्त वडामा १ हजार ३ सय ५६ मतदाता छन्। मतदानका लागि यहाँ दुईवटा मतदान केन्द्र तोकिएको थियो। केन्द्र (क) मा २ सय ९४ जना पुरुष र २ सय ८१ जना महिलाले मतदात गरेका छन्। त्यस्तै केन्द्र (ख) मा २ सय ९४ जना पुरुष र २ सय २४ जना महिलाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपले साँझ ५ बजे सम्पन्न भएको छ। यहाँको मतगणना शनिबार साँझदेखि नै सुरु हुने अधिकृतको कार्यालयले जनाएको छ।