ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण

ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण

पोखरा : ट्रायथलनमा नेपालले पहिलो स्वर्ण जितेको छ ।पोखराको फेवाताल किनरामा सोमबार भएको ट्रायथलनमा नेपालकी सोनी गुरुङले निर्धारित दुरी एक घण्टा १३  मिनेट ४५ सेकेण्डमा पौडी, साइक्लिङ र दौड पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

नेपाल, भारत र श्रीलंका बीच भएको प्रतिस्पर्धामा पौडी र साइक्लिङमा तेस्रो भएकी गुरुङले दौडमा आफ्ना प्रतिस्पर्धी भारतकी सरोजनी देबी थौडमलाई पछि पार्दै स्वर्ण हातपारेकी हुन् । 

थौडमले १ घण्टा १४ मिनेट मानिर्धारित दूरी पूरा गर्दै रजत जितेकी छन् । प्रतिस्पर्धामा पौडी र साइक्लिङमा पहिलो भएकी भारतकी प्रज्ञा महोन दौडमा पछि पर्दा कास्यमा चित्त बुझाइन् । उनले निर्धाति दुरी १ घण्टा १४ मिनेट ५७ सेकेण्डमा पार गरेकी थिइन् । 

स्वार्ण जिते पछि नेपालकी सोनी गुरुङले प्रतिस्पर्धामा आफ्नो रणनीतिले काम गरेको सुनाइन् । ट्रायथलनमा पहिलो पटक स्वर्ण जितेर नेपाल र नेपालीको नाम राख्न पाउँद खुशी लागेको उनले बताइन् । 

पुरुषतर्फ नेपालका बसन्तले जिते कास्य

यसैगरी पोखराको फेवाताल किनारमा भएको पुरुषतर्फको ट्रयाथलनमा नेपालका बसन्त थारुले कास्यपदक जितेका छ्न् । थारुले निर्धारित दुरी १ घण्टा ३ मिनेट ४५ सेकेण्डम पुरा गरेका थिए । 

प्रतिस्पर्धामा भारतका आर्दश एमएस प्रथम हुँदै स्वर्ण हात पारे । उनले निर्धारित दुरी १ घण्टा २ मिनेट ३१ सेकेण्डमा पुरा गरेका थिए । यसै गरी भारतकै विश्वजीत साइकोमले निर्धारित दुरी १ घण्टा २ मिनेट ५९ सेकेण्डमा पुरा गर्दै रजत पदक हात पारे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.