जीप दुर्घटनाका मृतक दुवैको सनाखत (अपडेट )
पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तिनाउँ गाउँपालिका ५ चौविसमाइलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा जीपका चालक रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गका २५ वर्षीय दिलिप वम्रेल र सहचालक सोही स्थानकै २४ वर्षीय कृष्ण कार्की रहेको पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए ।
बुटवलमा बिरामी छोडर पाल्पा फर्किँदै गर्दा जीप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ । जीप सिद्धार्थ राजमार्गदेखि ३ मिटर तल तिनाउँ खोलामा खसेको छ ।
स्थानीयले भीरमा जीप अड्केको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !