लयमा फर्किंदै बीच भलिबलका नेपाली टोली

लयमा फर्किंदै बीच भलिबलका नेपाली टोली

पोखरा : १३ औं साग प्रतियोगीता अन्तर्गतबीच भलिबल प्रतियोगितामा नेपाली टोलीले शुक्रबारको खेलमा सुधार ल्याउँदै जित निकालेका छन्। 

पुरुष र महिलाका २-२ टिमले सबै खेलमा जित हासिल गरेर सुधार ल्याएका हुन्। फेवा ताल किनारको नेपाल ट्रष्टको मैदानमा भएको बिच भलिबलमा नेपालका खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै लयमा फर्किए। 

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले शुक्रबार बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१-१५ र २१-१८ ले पराजित गर्‍यो। राजु विक र सञ्जु शाहको जोडीले बंगलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद अलि शाहजहा“को जोडीलाई २२-२० र २१-१६ को सेटमा पाखा लगायो। 

महिलातर्फ नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१-५ र २१-६ ले पराजित गर्दै दर्शकलाई खुसी दिलाए।

नेपालकै  कोपिला उप्रेती र मनीषा चौधरीको जोडीले माल्दिभ्सकै जिनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१-१२ र २१-१२ को सजिलो सेटमा हरायो। खुट्टाको चोटका बावजुद पनि मनीषाले उत्कृष्ट प्रदर्शन गरिन्।  

शुक्रबार पहिलो खेलमा बंगलादेशका शेख मोहम्मन साने र हैदर मोहम्मद इमरानको जोडी श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडी १३-२१ र १७-२१ ले पराजित भयो। 

माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीस“ग १८-२१ र १३-२१ ल हार ब्यहोर्‍यो।

बंगलादेशको मोहम्मद मोनिर हुसैन र मोहम्मद शाहजहा“ अलिको जोडी श्रीलंकाको प्रदीप असंका र अशेन कुमाराको जोडीस“ग १८-२१ र ११-२१ ले पराजित बन्यो। माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीले पाकिस्तानको मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीलाई २१-१९ र २१-१७ ले हराउन सफल भयो। 

श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीलाई २१-१० र २१-१६ को सेटमा हरायो। 

श्रीलंकाकै प्रदीप असंका र अशेन कुमाराको जोडीले माल्दिभ्सका एडम नसीम र मोहम्मद अलिको जोडीलाई २१-१४ र २१-१३ को सेटमा हरायो।  हालसम्म पुरुषतर्फ समूह ‘ए’ र समूह ‘बी’ मा श्रीलंकाका दुई टिम  ६-६ अंकसहित शीर्षस्थानमा छन्। 

नेपालको दुबै टिम अंक तालिकाको तेस्रो स्थानमा छन्। शनिबार लिग चरणकै अन्य खेल हुने भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङले जानकारी दिए। 


  

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.