सागमा यस्ताे पनि श्रीमान् प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !

सागमा यस्ताे पनि श्रीमान्  प्रतिस्पर्धी श्रीमती मुख्य निर्णायक !

पोखरा : श्रीमती निर्णायक, श्रीमान् १३औं सागअन्तर्गत भारोत्तोलनको ८९ केजी तौलसमूहका प्रतिस्पर्धी। यो दुर्लभ संयोग पोखरामा शुक्रबार भारोत्तोलन प्रतियोगितामा देखिएको हो। 

यस्तो दुर्लभ प्रतिस्पर्धामा बंगलादेशका खेलाडीसँग प्रतिस्पर्धामा उत्रिएका थिए, नेपालका ३० वर्षीय विकास थापा। अन्तर्राष्ट्रिय जर्जको मुख्य भूमिकामा थिइन् विकासकै श्रीमती नीति श्रेष्ठ थापा।

पाकिस्तानका खेलाडीले बिरामी भएर खेल त्यागेपछि थापाले बंगलादेशका खेलाडी मोहमद सकायत हुसेनसँग प्रतिस्पर्धा गरेका थिए। श्रीमान् स्वर्णका लागि प्रतिस्पर्धामा भए पनि आफूले निष्पक्ष रूपमा निर्णायकको भूमिका निर्वाह गरेको नीतिले बताइन्।

स्वर्ण विजेता थापाले पनि श्रीमतीलाई मुख्य निर्णायककै सम्मान गरेर प्रतिस्पर्धामा उत्रिएको बताए। ‘ऊ अलि भावुक भएकोले आतिन्छ कि भन्ने लागेको थियो’, थापाले भने ‘नीतिले निष्पक्ष निर्णय गरिन्।’

भारोत्तोलन अभ्यासकै क्रममा भेट भएर ६ वर्षे प्रेमपछि उनीहरूले अन्तरजातीय विवाह गरेका थिए। नीति राष्ट्रिय खेलाडी हुँदै अन्तर्राष्ट्रिय निर्णाय बनेकी हुन्। विकास भने राष्ट्रिय खेलाडीका रूपमा उदाए। 

उनले राष्ट्रिय प्रतिस्पर्धामा धेरै स्वर्ण पनि जिते। १२औं सागमा रजत पदक जितेका थापाले शुक्रबार भने स्वर्ण जिते। श्रीमान्ले स्वर्ण जितेपछि अंकमाल गर्न मन लागे पनि आफ्नो भूमिकाले बाँधेको नीतिले सुनाइन्। पुरस्कार वितरण सकिएसँगै उनले श्रीमान्सँग स्वर्णको खुसी साटिन्।

माटेपानीमा भएको प्रतिस्पर्धामा थापाले ८९ केजी तौलसमूहमा कुल दुई सय ६९ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान भंग गरे। थापाले स्न्याचमा एक सय २३ र क्लिन एन्ड जर्कमा एक सय ४६ गरी कुल दुई सय ६९ केजी भार वहन गरे।

यसअघि छनोट चरणमा थापाको नाममा स्न्याचमा एक सय २२ र क्लिन एन्ड जर्कमा एक सय ४२ गरी कुल दुई सय ६४ केजीको कीर्तिमान रहेको थियो। बंगलादेशका हुसेनले स्न्याचमा एक सय २३ र क्लिन एन्ड जर्कमा एक सय ४५ गरी कुल दुई सय ६८ केजी भार वहन गरे।

कमल र राज्यलक्ष्मीलाई कांस्य

१३औं सागअन्तर्गत भारोत्तोलनमा नेपालका कमल अधिकारीले कांस्य पदक जितेका छन्।

पुरुष ६७ केजी तौलसमूहमा कमलले कुल दुई सय ५२ केजी भार उठाए। उनले स्न्याचमा एक सय १२ र क्लिन एन्ड जर्कमा एक सय ४० केजी भार उठाए। यस तौलसमूहमा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा एक सय ४० र क्लिन एन्ड जर्कमा एक सय ५२ गरी कुल २९२ केजी तौल उठाउँदै स्वर्ण जिते। श्रीलंकाका जेएसी लक्मलले स्न्याचमा एक सय १९ र क्लिन एन्ड जर्कमा एक सय ४४ गरी कुल दुई सय ६३ केजी तौल उठाउँदै रजत जिते।

कमलसँगै धर्मपत्नी राज्यलक्ष्मी थापाले पनि कांस्य जितिन्। महिला ७१ केजी तौलसमूहमा राज्यलक्ष्मीले कांस्य पदक जितेकी हुन्। राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८३ गरी कुल एक सय ५० केजी भार उठाइन्। यो स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजत जित्यो।

महिला ६४ केजी तौलसमूहमा नेपालकी देवी चौधरीले पनि कांस्यमै चित्त बुझाइन्। उनले स्न्याचमा ६८ र क्लिन एन्ड जर्कमा ८५ गरी कुल एक सय ५३ केजी भार उठाइन्।

पुरुष ७३ केजी तौलसमूहमा नेपाल प्रकाश केसीले पनि कांस्य जिते। प्रकाशले स्न्याचमा एक सय १५ र क्लिन एन्ड जर्कमा एक सय ५० गरी कुल दुई सय ६५ केजी तौल उठाए।

भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत जिते। भारतीय खेलाडीले स्न्याचमा एक सय ३५ र क्लिन एन्ड जर्कमा एक सय ६५ गरी कुल ३०० केजी तौल उठाए। पाकिस्तानी खेलाडीले स्न्याचमा एक सय २८ र क्लिन एन्ड जर्कमा एक सय ५१ गरी कुल दुई सय ७९ केजी भार उठाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.