पोखराको सुन्दरताले मोहित विदेशी खेलाडी

पोखराको सुन्दरताले मोहित विदेशी खेलाडी

पोखरा : बिच भलिबलको कोट नजिकै फेवाताल। कोटको पृष्ठभूमिमा हिमाल। ‘पोखरा बिछट्टै राम्रो लाग्यो’, १३औं दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सबाट बिच भलिबल खेल्न पोखरा आएका मोहमद अलीले भने, ‘माल्दिभ्समा अहिले ३० डिग्री तापक्रम छ। ताल र हिमालको नजिक पोखरा चिसो रहेछ। समुद्री सतहबाट आएका हाम्रा लागि पोखरा चिसो भए पनि यहाँको सुन्दरताले मोहित बनायो।’ उनले नेपाल भ्रमण वर्ष नजिकै आएकाले साथीभाइलाई पोखरा घुम्न जान सुझाव दिने बताए।

माल्दिभ्सका क्रिकेट खेलाडी याजु पनि पोखरा रंगशालाको क्रिकेट मैदानबाटै हिमाल देख्दा दंग परिन्। ‘खेल मैदानबाटै देखिएको सुन्दर हिमालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्दै गरेका हामीलाई निकै खुसी बनायो’, उनले भनिन्, ‘हिमाल त पहिले पनि देखेको थिएँ तर यति सुन्दर हिमाल भने पहिलो पटक देख्न पाएँ।’

बंगलादेशकी क्रिकेटर सल्मा खातुनले सूर्योदय र हिमाल अवलोकन गर्न आफ्नो टिम सराङकोट पुगेको सुनाइन्। ‘पोखराबाट देखिने हिमाल सारै राम्रो लाग्यो। मैदानबाटै हिमाल देख्दा खुसीको सीमा नै रहेन’, उनले भनिन्।

बंगलादेशबाट साग खेलकुदको समाचार संकलनका लागि पोखरा आएका स्थानीय टेलिभिजन पत्रकार एसएम इक्वाल कौसरले पोखरा स्वर्गजस्तै रहेको बताए। ‘यस्तो सुन्दर होला भन्ने साचेकै थिइनँ’, उनले भने, ‘यहाँका मानिसको आतिथ्यता र सत्कारबाट प्रभावित भएँ।’

पाकिस्तानका बिच भलिबल खेलाडी जर्नाव खान र अफाक खानले पनि पोखराको सुन्दरताप्रति मोहित भएको प्रतिक्रिया दिए।

श्रीलंकाका ह्यान्डबल खेलाडी प्रसाद हर्सन र इसारा बन्दराले पोखरामा साग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिए। ‘मैदानबाटै देखिने अग्ला हिमाल, पहाड र तालले निकै मोहित बनायो’, उनले भने, ‘स्वदेश फर्किएपछि पोखरा घुम्न जान साथीभाइलाई प्रोत्साहन गर्छु।’

१३औं सागअन्तर्गत पोखरामा आठ खेल भयो। भौतिक पूर्वाधारप्रति केही खेलाडी असन्तुष्ट भए पनि मैदानबाटै देखिएका सुन्दर हिमाली दृश्यले भने उनीहरूलाई मोहित बनाएको थियो।

पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याडमिन्टन र भारत्तोलनका खेल भएका थिए। यी खेलमा सात देशका आठ सय २४ खेलाडी सहभागी थिए।

पोखराका पर्यटन व्यवसायीले पनि सागले सार्क मुलुकका देशमा पर्यटन प्रवद्र्धन हुने र सन् २०२० मा सार्क मुलुकका पर्यटकको आगमन बढ्ने विश्वास लिएको बताएका छन्। ‘पोखरालाई खेलकुदको माध्यमबाट पनि पर्यटन विकास गर्न सकिने बलियो सन्देश यस खेलकुद प्रतियोगिताले दिएको छ’, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.