पोखरा प्रिमियर लिग क्रिकेट : चितवन उपाधि नजिक
पोखरा : चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि नजिक फाइनलमा प्रवेश गरेको छ । पहिलो संस्करणको उपविजेता पारस खड्काको कप्तानीमा रहेको चितवन पोखरामा जारी पीपीएल क्रिकेट प्रतियोगिताअन्र्तगत मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
चितवन ५ खेलमा जित निकाल्दै १० अंक जोडेको छ । पहिलो ब्याटिङ गर्दै चितवनले १ सय ६७ रन बनाएको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रनमा समेटियो । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ बलमा ४० रन बनाए । पवन सर्राफले १९ बलमा २७ रन र पृथु बास्कोटाले २३ बलमा १८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि जोड्न सकेनन् ।
चितवनका सन्नी पटेलले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । रोहन मुस्ताफाले ४ ओभरमा १२ रन दिएर २ विकेट हात पारे । करण केसी, भुवन कार्की, रामनरेश गिरी र कप्तान पारस खड्काले समान १÷१ विकेट लिए ।
बाबरले ४७ बलमा ७० रनको योगदान दिए । उनले ६ छक्का र ३ चौका प्रहार गरेका थिए । यस्तै प्लेयर अफ दि म्याच मुस्ताफाले ५२ बलमा ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै अविजित रहेका थिए । आरिफ शेख र सन्नी पटेलले समान १५/१५ रन बनाए । काठमाडौंका सुशान भरी, अमर सिंह रौटेला र बसन्त रेग्मीले समान १÷१ विकेट लिए ।
जित संगै चितवन फाइनलमा प्रवेश गरेको छ भने काठमाडौं यो हार संगै ५ खेलमा २ खेलमा मात्र जित निकाल्दै ४ अंक जोडेको छ ।
हारपछि काठमाडौंको प्ले अफको सम्भावना कायम रहेपनि बुधबार हुने विराटनगर टाइटन्स र बुटबल ब्लास्टर्स बीचको खेलको नतिजाले तय गर्ने छ । बुटवलको ४ खेलमा ३ खेल जित्दै ६ अंक छ । विराटनगर ४ खेलमा १ खेल मात्र जितेर २ अंक रहेको छ।
प्रतिक्रिया दिनुहोस !