अदालतभित्र कृष्णदास, बाहिर श्रीराम श्रीराम भन्दै हल्ला

अदालतभित्र कृष्णदास, बाहिर श्रीराम श्रीराम भन्दै हल्ला

इटहरी : बलात्कार आरोपमा पक्राउ परेका कृष्णदासलाई शुक्रबार (आज) बयानका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतमा बयान सकिए आजै थुनछेक बहस हुनेछ। 

भित्र बयान लिने काम भइरहँदा बाहिर भने उनका समर्थकले नारा लगाइरहेका छन् । दुईवटा गाडीमा आएका कृष्णदास समर्थकहरुले अदालतको गेट अगाडी उभिएर श्रीराम जय राम.... जय श्री राम.... जय जय राम... भन्दै हल्ला गरिरहेका छन्।

कृष्णदासको बलात्कार प्रकरणमा बहस भइरहँदा तीब्र दबाबको सामना गरिरेको न्यायाधीशहरूले बताउदै आएका छन् । भीड देखाएर आजको बहसमा प्रभाव पार्ने उद्देश्यले समर्थकहरु भेला भएका हुन्।

उता कृष्णदासलाई सजाय माग गर्दै महिला अधिकारवादीहरु पनि धर्ना का लागि आइपुगेका छन् । महिला अनुयायीमाथि करणी गरेको आरोप लागेपछि कृष्णदासलाई गत मंसिर १६ गते पक्राउ गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.