पोखरा सुरु भयो सडक महोत्सव

पोखरा सुरु भयो सडक महोत्सव

पोखरा : पोखरा सडक महोत्सवको २१औं संस्करण फेवाताल किनारमा सुरु भएको छ। अंग्रेजी नयाँ वर्षमा पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। उद्घाटन कार्यक्रममा शनिबार पोखराको हल्लनचोक लेकसाइडदेखि तीन किलो मिटर क्षेत्रमा साँस्कृतिक झाँकीसहित र्‍याली प्रस्तुत गरिएको थियो।

जनवरी १ सम्म हुने सडक महोत्सवमा सातै प्रदेशका साँस्कृतिक कार्यक्रम महोत्सव अवधिभर प्रस्तुत हुनेछन्। स्वदेशी तथा विभिन्न देशका खानका स्वाद लिँदै नेपाली संस्कृतिको अवलोकन गर्न सक्ने गरी फेवातालको ३ किलो मिटर क्षेत्रमा महोत्सव आयोजना गरिएको हो।

पुस, माघ महिनामा हिमाली क्षेत्रमा हिउँ परेसँगै अन्नपूर्ण, धौलागिरिलगायत पदायात्रा क्षेत्रमा जान पर्यटक नआउने भएकाले पदयात्रामा आधारित पोखराको पर्यटकीय क्षेत्र लेकसाइड पनि सुनसान हुन्छ। पोखरामा आएका पर्यटकलाई पोखरामै नयाँ वर्ष मनाउने वातावरण बनाउन महोत्सव सुरु भएको हो। पछिल्लो समयमा आन्तरिक पर्यटकको अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा गन्तव्य बनेको छ। विदेशी पर्यटकको पनि बसाइ बढेको आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखरा ले बताएको छ।

सडक महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले सडक महोत्सवको उद्घाटन गरे। पोखराको पर्यटन विकासका लागि हवाई सेवा छिट्टै अन्तर्राष्ट्रिय सहरमा जोडिने उनले बताए। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको मिति भन्दा ६ महिना अघि नै सञ्चालनमा आउने गरी काम भइरहेको उनको भनाइ छ।

पोखराको पर्यटन विकास गर्न प्राकृतिक स्रोत संरक्षण गर्दै नयाँ पर्यटकीय आकर्षणका रूपमा पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए। यसका लागि सरकारले बजेट छुट्टयाउने र निजी क्षेत्रले पनि पूर्वाधार निर्माणमा लाग्नुपर्ने उनले सुनाए। उनले पोखराको रत्नमन्दिर र हिमा गृहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकारले नेपाल ट्रस्टको कार्यालयलाई पत्राचार गरिसकेको जानकारी दिए। कार्यक्रममा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलगायतले सडक महोत्सवले पोखराको पर्यटन विकासमा महŒवपूर्ण भूमिका खेलेको बताए।

सडक महोत्वसका संयोजक लक्ष्मण बरालले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हँुदै आएको पोखरा सडक महोत्सव पोखराको ब्रान्ड बनेको बताए।

पुन समाजको झाँकी उत्कृष्ट

सडक महोत्सवको उदुघाटन कार्यक्रममा आयोजित सांस्कृतिक झाँकी र्‍यालीमा पुन समाज पोखरा पहिलो भएको छ। पुन समाजले पहिलो हुँदै नगद ४० हजार र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी चिउली पार्चे तमु समाज दोस्रो हुँदै ३० हजार पुरस्कार पाएको छ। पाल एवं नाग्ग्याल आधारभूत गुम्वा विद्यालय तेस्रो र फेवा ढुंगा व्यवसायी संघले सान्तोना पुरस्कार प्राप्त गरे। तेस्रो र सान्तोना हुनेले क्रमसः २० हजार र १० हजार प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.