प्रेरणालाई महिला एकल उपाधि

प्रेरणालाई महिला एकल उपाधि

पोखरा : पोखरामा जारी माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधि प्रेणा कोइरालाले जितेकी छन्। पोखरा रंगशालामा आइतबार भएको फाइनल प्रतिस्पर्धामा शीर्ष वरियताकी कोइरालाले सलोनी तामाङमाथि ७-५ र ६-१ को सोझो सेटमा जित निकालेकी हुन्। 

मेन्स सिंगलतर्फ संरक्षक भुषण बज्राचार्यले प्रदिप खड्कालाई तथा प्रणव खनालले नविन मगरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्। संरक्षणले प्रदिपलाई ६-२, ६-७, ६-१ म जित निकाले। यसै गरी प्रणव खनालले नविन मगरलाई ६-०, ६-४ को सोझो सेटमा जित निकाल्दै पलाइनलमा संरक्षण संगको भेट पक्का गरे।

मेन्स डबल्समा संरक्षक भुषण बज्राचार्य र नविन मगरको जोडीले बाजी मार्‍यो। प्रदिप खड्का र प्रणव खनालको जोडीमाथि ६-३, ६-३ को सहज नतिजा निकाल्दै संरक्षक जोडीले सो उपाधी रक्षा गरेको हो।

प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्ष माथि डबव्स उपाधि राजु श्रेष्ठ (काठमाडौ) र कमल भण्डारीको जोडीले जितेको छ। सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६-१, ४-६ र सुपरटाईमा १०-६ को कठिन जित निकाल्दै राजु जोडीले सो उपाधिमा आफ्नो नाम लेखाएका हुन्।

४५ वर्ष माथिको डबल्स उपाधि भने पोखरेली खेलाडीद्वय गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको नाममा रहयो। फाइनलमा गोपी जोडीले मनोज राणा र विमल गुरुङको जोडीमाथि ६-३ र ७-६ को नतिजा निकालेका थिए। 

यसअघि गोपी ४५ वर्ष माथिको एकल सेमिफाइनलमा विमल गुरुङसंग ६-३, ६-३ को सेटमा पराजित भएका थिए। सोही उमेर समूहको अर्को सेमिमा चन्द्र शाहीले अनु जोनमाथि ६-१, ६-० को नतिजा निकाल्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित पारेका थिए।

५५ वर्ष माथिको डबल्समा कमल थापा र झ्याम्पा ढुण्डुप जोडी च्याम्पियन बन्यो। थापा जोडीले समिर शेरचन र अनिल तुलाचनसँगको अन्तिम चुनौती ७-६ र ६-२ ले पार लगाएका हुन्। ६५ वर्षमाथि डबल्स उपाधि दिपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारको जोडीले जितेको छ। फाइनलमा विष्णु गुरुङ्ग र मेजर लक्ष्मीप्रसाद गुरुङको जोडीलाई ४-०, ४-० ले पराजित भए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.