नयाँ वर्षमा पोखराका ८० प्रतिशत होटल बुकिङ

नयाँ वर्षमा पोखराका ८० प्रतिशत होटल बुकिङ

पोखरा : फेवाताल किनारमा अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई स्वागत गर्न स्वदेशी तथा विदेशीको बाक्लो उपस्थिति छ। सन् २०१९ लाई विदाई र २०२० लाई स्वागत गर्न फेवाताल किनारको तीन किलोमिटर सडक बेहुली झै सिंगारिएको छ। ब्यानर, ध्वजापताका र झिलिमिली बत्तीले सडक र महोत्सवस्थल कोमागाने पार्क सजाइएको छ।

महोत्सवको प्रमुख आकर्षण सडकमै बसेर सातै प्रदेशका साँस्कृतिक झाँकी र नृत्यको साथै गण्डकी प्रदेशका ११ जिल्लाका संस्कृति प्रस्तुत गरिएको छ। पर्यटकले सडक किनारमा विभिन्न खानाका परिकारको स्वादमा नेपाली प्राचिन संस्कृति अवलोकन गर्न पाएको रेबान पोखराका अध्यक्ष वुधराज भुजेलले बताए।

सडकमै बसेर नेपालका विभिन्न साँस्कृतिक प्रस्तुति हेर्न पाउँदा निकै रमाइलो लागेको बेलायतबाट नेपाल घुम्न आएका माइक बेलले सुनाए।

सडक महोत्सवको एक दिन मंगलबार ८० प्रतिशत होटल भरिभराउ भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

पदयात्रा पर्यटनको भरमा त्यती बेला चलेको पोखराको पर्यटनलाई जीवन्त दिन र नयाँ वर्ष मनाउने गन्तव्यको रूपमा पोखरालाई विकास गर्न सडक महोत्सव सुरु भएको रेबान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए। नयाँ वर्ष मनाउन यति बेला पोखरामा ३० प्रतिशत भारतीय, १० प्रतिशत तेस्रो मुलुकका पर्यटक र ४० प्रतिशतभन्दा बढी नेपाली पर्यटक रहेको उनले सुनाए। सडक महोत्सवअन्तर्गत पोखराको कोमागाने पार्कमा नयाँ वर्षलाई स्वागत गर्न भव्य कार्यक्रम गरिएको छ। नयाँ वर्षलाई गायक राजु लामा, कर्मा ब्यान्ड र लाहुरे ब्यान्डले गित संगीतबाट भव्य स्वागत गरिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.