रारामा आइपुगे चरा

रारामा आइपुगे चरा

मुगु : चिसोमै रमाउन मन पराउने झन्डै २० प्रजातिका चरा रारा आइपुगेका छन्। हरेक वर्ष हिउँदमा अत्यधिक चिसोका बेला युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा घुमन्ते चरा आउने गरेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ।

साइबेरिया, तिब्बत र भारतका सिमसार क्षेत्रका करिब ४९ प्रजातिका चरा बर्सेनि हिउँदमा रारा आउँछन्। तीमध्ये यो याममा २० प्रजातिका पाहुना चरा रारा आइपुगेका हुन््। चरासम्बन्धी अध्ययन, अनुसन्धान र अवलोकन गर्नेका लागि यो समय रारातालको भ्रमण उपयुक्त मानिन्छ। निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले विदेशबाट आएका चरा हेर्न आन्तरिक पर्यटक रारा आउने क्रम बढेको बताए।

‘रारामा बसाइँ सरेर आउने हाँस प्रजातिका चरा गत मंसिर महिनाबाटै आउन थालेका हुन्,’ उनले भने, ‘यहाँ आउने पाहुना चरा चैत महिनाको पहिलो साताबाट आआफ्नो ठाउँ फर्किने गर्छन्।’ उनका अनुसार रारामा रहेका कुनै चरा गर्मी ठाउँतिर पनि लागेका छन्। अन्य देशबाट चिसोमा रमाउने कतिपय चरा रारा आएका छन्। सबैभन्दा बढी भारत, तिब्बत र युरोपका विभिन्न तालमा बस्ने चरा रारा आइपुगेको उनको भनाइ छ। पश्चिमी मुलुकबाट आएका चरा करिब पाँच महिनासम्म रारामा बस्ने गर्छन्।

चरा अवलोकन गर्न रारा पुगेका नेपाल पक्षी संरक्षण संघमा कार्यरत अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठले सगरमाथाभन्दा माथिबाट उड्न सक्ने चरा खोया हाँस, ग्यालागुज हाँस र संकटापन्न हाँस पनि रारामा भेटिएको बताए। उनका अनुसार रारा ताललाई ट्रान्जिट केन्द्रजस्तो बनाइ चरा आउने गर्छन्। रारा ताल आगन्तुक चराका लागि पनि महत्त्वपूर्ण वासस्थल हो।

विदेशबाट आएका पाहुना चरा साइबेरिया, मंगोलिया, तिब्बत, नेपाल हुँदै भारत घुम्ने गरेको निकुञ्जका भण्डारीले बताए। रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन्। यतिबेला रारामा हिउँदे अवलोकनमा १ सय २ प्रकारका चरा भेटिएको अनुसन्धान अधिकृत श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.