ओली र प्रचण्डसँग उपसभामुखको अडान : अरु थाहा छैन, बैठक प्रक्रियामा जान्छ

ओली र प्रचण्डसँग उपसभामुखको अडान : अरु थाहा छैन, बैठक प्रक्रियामा जान्छ

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदलाई बन्धक बनाउन नहुने भन्दै छिटो सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्धयसँगको भेटमा उपसभामुख तुम्बाहाम्फेलाई आफूलाई नै सभामुख बनाउन पनि प्रस्ताव गरेको स्रोतले बतायो । नेकपाभित्र पूर्व एमाले कि पूर्व माओवादीबाट सभामुख बनाउने भन्नेमा विवाद छ ।

प्रधानमन्त्री ओली पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन् । तर अर्का अध्यक्ष दाहाल भने पूर्व माओवादीबाटै सभामुख बनाउनुपर्ने अडानमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको बलमा उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दावी गर्दै आएकी छिन् ।

अध्यक्षद्धयसँगको भेटमा उपसभामुख तुम्बाहाम्फेले सभामुखको टुंगो नलगाए आफूले प्रतिनिधिसभाको कारवाही अघि बढाउने प्रस्ताव गरेकी थिइन् । सभामुखको टुंगो नलाग्दा पुस ४ बाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन सूचना टांसेर पटक पटक स्थगित हुँदैआएको छ ।

उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेपछि अध्यक्षद्धयले पूर्व सभामुख नेम्वाङसँग टेलिफोनमार्फत राय लिएका थिए । तर जवाफमा नेम्वाङ्गले उपसभामुखले राजीनामा नदिइ सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउँदा सभामुख पद नेकपाले छोडेको सन्देश जाने सुझाव दिएको स्रोतले बतायो ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार नेकपाले उपसभामुखलाई कायमै राखेर सभामुखमा दावी गर्न नमिल्ने पक्षमा नेम्वाङ्ग छन् । सभामुख पनि नतोकिने र प्रक्रिया पनि अघि नबढ्ने देखेपछि उपसभामुख तुम्बाहाम्फेले शनिबारसम्म सभामुखको टुंगो लगाउन अध्यक्षद्धयलाई आग्रह गरेकी थिइन् । प्रतिनिधिसभा बैठक आइतबार बोलाइएको छ ।

‘मलाई अरु थाहा छैन, आइतबारको बैठक प्रक्रियामा जान्छ,’ उपसभामुख तुम्बाहाम्फेले अध्यक्षद्धयसँगको छलफलपछि सञ्चारकर्मीसँग भनिन् । तुम्बाहाम्फेले सभामुख निर्वाचनको एजेण्डा थांती राखेर अन्य विषयमा छलफल गर्न संसद सञ्चालन गर्ने मनस्थिती बनाएको स्रोतले बतायो । तर सत्तासीन नेकपाकै नेताहरु सभामुख चयनका लागि भन्दै झण्डै एक महिना स्थगित भएको बैठकमा मुख्य एजेण्डा थांती राखेर बैठक अघि बढन नसक्ने तर्क गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.