पोखरामा चम्ल्याहा बच्चाको जन्म

पोखरामा चम्ल्याहा बच्चाको जन्म

पोखरा : पोखराको मणिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा बच्चाको जन्म भएको छ। स्याङ्जा पुतलीबजार नगरपालिकाकी २६ वर्षीया सुनीता (पौडेल) प्रधानले चम्ल्याहा बच्चा जन्माएकी हुन्।

शल्यक्रियामार्फत जन्मेका तीन छोरी, एक छोराको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। अस्पतालका डा.महेन्द्र पाण्डेको नेतृत्वको टोलीले शल्याक्रिया गरी बच्चा जन्माएको हो। नवजात शिशुमाध्ये पहिलो छोरीको तौल १.५ किलो ग्राम, दोस्रो छोरा १.३, तेस्रो छोरी १.३ र चौथो छोरी १.४ किलो ग्राम छ।

शिशुहरूको अवस्था सामान्य छ। चम्ल्याहा बच्चामा यतिसम्मको तौल हुनु नराम्रो नभएको चिकित्सकले बताएका छन्। गर्भवती भएको ३४ सातामा शल्याक्रिया गरी बच्चा जन्मिएका हुन्।

कम तौल भएकाले बच्चालाई संक्रमण हुने, तौल नबढ्नेलगायतका समस्या हुन सक्ने भएकोले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। अस्पतालले प्रत्येक २४÷२४ घण्टामा बच्चाको स्वास्थ्य अवस्थाको रिपोर्ट सार्वजनिक गर्ने भएको छ।

सुनीता र गौरवका यसअघि ५ वर्षीय छोरा छन्। बच्चा रहेको ३७ दिनपछि जचाउँन जाँदा ३ बच्चा रहेको थाहा भए पनि चम्ल्याहा बच्चा भएको शल्यक्रियापछि मात्र थाहा भएको चम्ल्याहा बच्चाका बाबु गौरवले जानकारी दिए। शल्यक्रियापछि नर्सले चम्ल्याहा बच्चा भएभन्दा झुक्किनु भयो होला भनेर प्रतिक्रिया दिएको उनले सुनाए। पछि शल्यक्रिया गर्ने डाक्टरले नै चम्ल्याहा भएको भनेपछि बल्ल विश्वास लागेको उनले बताए।

चम्ल्याहा बच्चाको जन्म विश्वमै बिरलै हुने गर्दछ। चम्ल्याहा बच्चा जन्मिँदा आफूलाई खुसी लागेको बताउँदै गौरवले भने, ‘बच्चा हुर्काउने धेरै जिम्मेवारी पनि थपिएको छ।’

अबुधाबीमा रोजगारी गर्दै आएका गौरव श्रीमतिको सुत्केरी मिति नजिकिएको भन्दै १७ दिनअघि स्याङ्जा आएका थिए। स्याङ्जा अस्पतालमा ३७ दिनपछि भिडियो एक्सरे गर्दा तिम्ल्याहा बच्चा भएको थाहा भएपछि पोखराको ओम अस्पतालमा नियमित स्वास्थ्य जाँच गराएको उनले बताए। तीन सातादेखि मणिपालमा जँचाइरहेकी सुनीतालाई आइतबार भर्ना भइ बिहीबार शल्यक्रिया गरी बच्चा जन्माएकी हुन्।

८ लाखमा एक जनालाई चम्ल्याहा

मणिपाल शिक्षण अस्पतालमै डेढ दसकअघि पनि चम्ल्याहा बच्चाको जन्म भएको थियो। अस्पतालका शल्य चिकित्सक डा.महेन्द्र पाण्डेले चम्ल्याहा बच्चाको जन्म विश्वमा ८ लाखमा एक जनाबाट हुने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.