माछापुच्छ्रेमा मान्छे पुर्ने हिउँ
पोखरा : बिहीबारदेखि भएको भारी हिमपातका कारण अन्नपूर्ण र माछापुच्छ्रे आधार शिविरमा मान्छे पुर्ने हिउँ परेको छ। भारी हिमपातले अन्नपूर्ण आधार शिविर हिँडेकाहरुको हेलिकोप्टरबाट उद्धार गरि पोखरा ल्याइएको छ।
‘हामी बुधबार माछापुच्छ्रे आधार शिविर पुग्यौ। बच्चासहित आठ जना चिनियाँ पर्यटक अन्नपूर्ण आधार शिविरसम्म जाने अन्तिम लक्ष्य थियो’ पर्यटक गाइड अनिल गुरुङले भने ‘बिहीबार बिहान ४ बजेदेखि परेको हिउँ शुक्रबार साँझ ६ बजेसम्म रोकिएन।’ ‘हिउँ यती धेरै पर्योकी मान्छेनै पुरिने थियो’ अर्का पर्यटन सहयोगी डिल्लीराम भारतीले भने ‘धेरै हिउँ परेकाले न अन्नपूर्ण आधार शिविर जान सकिने अवस्था रह्यो न त पोखरा नै। हावाहुरी पनि चल्न थालेपछि केही ठुलै घटना हुने हो की भन्ने लाग्यो।’ भारतीका अनुसार शनिबार हेलिकोप्टरमा उद्धार गरेर पोखरा विमानस्थलमा अवतरणगरेका थिए।
चिनियाँ पर्यटक ह्वाङले हेलिकोप्टरबाट उद्धारबाहेक सुरक्षित स्थानमा पुग्ने अन्य विकल्प नरहेको बताइन्। उनका अनुसार माछापुच्छ्रे आधार शिविरमा ८० भन्दा बढी पर्यटक थिए।
गत फागुन १५ गतेको हिमपात र आँधीको कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण बेसक्याम्पमा रहेका चार वटा होटल भत्केका थिए।


प्रतिक्रिया दिनुहोस !