भ्रमण वर्षलाई जिस्काउँदै हिलाम्मे भैरहवा–लुम्बिनी सडक (फाेटाे /भिडियाे)
रुपन्देही : नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । नेपाल भ्रमण वर्षसँगै अहिले पाँच नम्बर प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ पनि चलिरहेको छ ।
भ्रमण वर्ष चलिहरहँदा पर्यटकीय क्षेत्र लुम्बिनी जाने मुख्य मार्ग भैरहवा लुम्बिनी सडक भने हिलोले हेरिनसक्नु भएको छ । यतिखेर पर्यटक आमगनको सिजन हो । निर्माणाधीन सडकको कारणले पर्यटकहरू घाम लागेको समयमा धुलो र पानी पर्दा हिलोले समस्यामा परेका छन् ।