राष्ट्रियसभा निर्वाचन : गण्डकीमा दुई पदका लागि मतदान

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा दुई पदका लागि मतदान

पोखरा : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा मतदान सुरु भएको छ। गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा महिला र अन्य गरी दुई पदका लागि निर्वाचन हुँदै छ । 

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुखले मतदान गर्दैछन् । उनीहरुको मतभार भने फरह हुन्छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मतदान गरेका छन् ।

बहुमतीय प्रक्रियाबाट निर्वाचन हुने भएकोले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारको जीत पक्‍काजस्तै छ । यहाँ नेकपाले गोरखाका नारायणकाजी श्रेष्ठ र तनहुँकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट स्याङ्जाका सूर्यप्रसाद रेग्मी र म्याग्दीका विमला गौचन उम्मेदवार हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.