प्रदेश २ बाट नेकपा–राजपा प्यानल विजयी

प्रदेश २ बाट नेकपा–राजपा प्यानल विजयी

जनकपुरधाम : प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा-राजपा प्यानल विजयी भएको छ। बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीचको गठबन्धनले बाजी मारेको हो।   

नेकपा-राजपाकी संयुक्त महिला उम्मेदवार तुलसा दाहालले ५६८ मतान्तरले विजयी भएकी हुन्। नेकपाकी दाहालले कूल पाँच हजार २०८ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नगिना यादवले चार हजार ६४० मत प्राप्त गरी पराजित भएकी हुन्।

नेकपा–राजपा नेपालको दलिततर्फको उम्मेदवार राधेश्याम पासवानले ५८८ मतान्तरले विजयी भएका छन्। नेकपाका पासमानले पाँच हजार २९२ मतभार ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी समाजवादीका रामप्रित पासमान चार हजार ७०४ मत प्राप्त गरेका थिए।

यसैगरी नेकपा–राजपा नेपालको संयुक्त उम्मेदवार मृगेन्द्रसिंह यादव ८८८ मतान्तरले विजयी भएका छन्। राजपा नेपालका उम्मेदवार यादवले पाँच हजार ४०० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी समाजवादी पार्टीका अनिरुद्धप्रसाद सिंह यादवले चार हजार ५१२ मत प्राप्त गरे।  

यसैगरी अल्पसंख्यक तथा अपाङ्ग समूहबाट राजपा नेपालका शेखरप्रसाद सिंह विजयी भएका छन्। सिंह ९९० मतान्तरले विजयी भएका हुन्। राजपा नेपालका उम्मेदवार सिंहले पाँच हजार ५०२ मत ल्यायी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भोला पजियारले चार हजार ५१२ मत ल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.