साउना बाथले लियो दम्पतीको ज्यान

साउना बाथले लियो दम्पतीको ज्यान

ललितपुर : हेल्थ क्लबमा साउना बाथ गर्न गएका ललितपुरका एक दम्पतीको निधन भएको छ। बुधबार साँझ ललितपुर महानगरपालिका-१४ नखिपोटका हस्तकुमार गुर्बाजु (थापा) (४२) र नेत्र पुन (३४) को ‘फिट एन्ड फाइन हेल्थ क्लब’ मा निधन भएको हो।

विशालचोकस्थित हेल्थ क्लबमा साउना बाथ लिने क्रममा दम्पतीको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘घटना हेर्दा दुवै पक्षको असावधानी देखिन्छ’, महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा भन्छन्, ‘साउना सुरु भएपछि उहाँहरूले आफ्नो सुरक्षाको ख्याल नगरेको र नियमित ग्राहक भएकाले सञ्चालकले विश्वास गरेको देखिन्छ।’

साँझ ६:४५ मा हेल्थ क्लबमा पुगेका दम्पती बेहोस भएको खबर सादतोबाटो प्रहरीमा राति ९ बजे पुगेको थियो। प्रहरीले बेहोस अवस्थामै रहेका दम्पतीलाई पाटन अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। ‘खबर पाएको ६ मिनेटमा घटनास्थल पुगेका थियौं’, डीएसपी शर्मा भन्छन्, ‘घटनास्थल हेर्दा अक्सिजनको कमीले बेहोस भएजस्तो देखिन्छ।’

गिजर खोलेपछि हावा फाल्ने फ्यान अन नगर्दा दुर्घटना भएको सञ्चालक जुना बस्नेत बताउँछिन्। ‘साउना सकेर बाथ गर्न गिजर खोल्नुपर्छ’, बस्नेत भन्छिन्, ‘उहाँहरूले गिजर खोल्नुभयो तर फ्यान खोल्नु भएन।’

करिब दुई घण्टा अवधिमा क्लबका स्टाफले तीन पटक ढोका ढकढक्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘ढोका फोडेर हेर्दा दम्पती बेहोस भेटिएपछि प्रहरीलाई खबर भएको छ’, डीएसपी शर्मा भन्छन्, ‘हामी प्रारम्भिक अनुसन्धानमै छौँ, घटना मनसाय प्रेरितजस्तो लाग्दैन।’

उनीहरुको शव पाटन अस्पतालमा राखिएको छ। विदेशबाट आफन्त आएपछि मात्र पोस्टमार्टम हुने डीएसपी शर्माले बताए। ‘पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुन्छ’, शर्मा भन्छन्, ‘अहिले सञ्चालकसँग प्रारम्भिक बयान लिइरहेका छौं।’

हस्तबहादुरले जापानबाट कराते दु फुदुकाई नेपाल भित्र्याएका हुन्। घरको भित्तामा उनले जापानमा करातेको प्रशिक्षण लिएका तस्बिर सजिएका छन्। उनले थममाया थापा महिला बालबालिका मन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारी पूरा गरेका थिए। यो दम्पतीले घरमै मन्टेश्वरी सञ्चालन गरेका थिए। उनीहरूका १३ वर्षीया छोरी मेगमी र ११ वर्षीय छोरा लिंकन छन्।  

मृतक हस्तकुमार र नेत्रको घर र मन्टेश्वरीको बाेर्ड । तस्बिर : दिनेश लुइटेल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.