बन्दिपुर फेस्टिभल : खानादेखि क्याटवाकसम्म (फोटो फिचर)

बन्दिपुर फेस्टिभल : खानादेखि क्याटवाकसम्म (फोटो फिचर)

पोखरा : तनहुँको पर्यटकीय गाउँ बन्दिपुरमा रेवान बन्दिपुर फेस्टिभल आयोजना भएको छ। रेष्टुरेण्ट एण्ड वार एसोसिएसन (रेवान) काठमाडौं, पोखरा र सौराहाको आयोजनामा पर्यटन प्रवद्धनका लागि बन्दिपुर फेस्टिभल आयोजना भएको हो । 

क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाइ, उद्योग वाणिज्य संघ बन्दिपुर बजार र बन्दिपुर पर्यटन विकास समितिको सहआयोजना भएको फेस्टिभलमा सडकमै विभिन्न खानाका परिकारको स्वाद लिँदै आन्तरिक तथा वाह्य पर्यटकले सांस्कृतिक कार्यक्रम अवलोकन गरेका थिए ।

फेस्टिभलमा नेवारी, गुरुङ, मगरलगायत विभिन्न जातीको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । चर्चित युवा गायक निशान भट्टराईले सांगीतिक प्रस्तुति दिएका थिए । आर एन आर ग्रुपको इभेन्ट म्यानेजमेण्टमा भएको फेस्टिभलमा विभिन्न संस्कृति झल्कने नेपालमै उत्पादन भएका पोशाकमा मोडल र्‍याम्पमा उत्रेका थिए ।

बन्दिपुर गाउँपालिकाको पुरानो बजारको सडकमा भएको फेसन सोमा युवतीले नेपाली उत्पादन अल्लो, सिल्क, पस्मिना, कटनका आकर्षक डिजाइनका पोशाकमा क्याटवाक गरेका थिए । काठमाडौं र बन्दिपुरका ९ जना युवती आर्कषक पोशाकमा र्‍याम्पमा उत्रेका थिए । नेपाल भ्रमण वर्षको अवसरमा आयोजित फेस्टिभलमा नेपाली उद्योगबाट उत्पादित कपडाको प्रवद्धन गर्न समेत फेसन सो आयोजना भएको आर एन आर ग्रुपका अध्यक्ष मञ्जु श्रेष्ठले बताइन्। 

फेस्टिभलको उद्घाटन कार्यक्रममा बोल्दै भिजिट नेपाल २०२० का संयोजक सुरज बैद्यले कल्चर, हेरिटेज र नेचर हेर्न पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए ।उनले भिजिट नेपाल २०२० मा कति नम्बर पर्यटक आए भन्ने भन्दा पनि नेपालको संस्कृति, प्रकृतिको विश्व पर्यटन बजारमा प्रचारप्रसार गरी नेपाल आउने वातावरण बनाउनुपर्ने बताए।

नेपाल सुरक्षित छ भन्ने सन्देश दिन पनि नेपाल भ्रमण वर्ष विश्व पर्यटन बजारमा महत्वपूर्ण हुने उनले बताए । देशभरका पर्यटकीय सहरको पर्यटन प्रवद्धन गर्ने उद्देश्य अनुसार पहिलो चरणमा बन्दिपुरमा रेवान महोत्सवको आयोजना गरिएको आयोवक संस्था रेवानका केन्द्रीय अध्यक्ष अरनीकोराज भण्डारीले बताए । 

पर्यटकीय सम्भावना भएर पनि पछि परेका अन्य सहरमा पनि यस्तो कार्यक्रमको आयोजना गरिने उनले सुनाए । यस्तो महोत्सवले गाउँको पर्यटन प्रवद्धमा महत्वपूर्ण रहने क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाइका अध्यक्ष विपित प्रधानले बताए । 

कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापा, जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तरमण वाग्ले लगायतले पर्यटनबाटै समृद्धि सम्भव भएकाले पर्यटन विकास र प्रवद्धनमा लाग्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.