नेपालबाट सिक्दै अस्ट्रियाली संरक्षणकर्मी

नेपालबाट सिक्दै अस्ट्रियाली संरक्षणकर्मी

स्याङ्जा : किसानको साथी लाटोकोसेरो संरक्षण र यो पन्छीले पारिस्थितिक प्रणालीमा पुर्‍याउने सहयोग बुझ्न अस्ट्रियाली संरक्षणकर्मी डा.बारबारा कोल गत साता स्याङ्जाको भंसेगौडा राङभाङ आइन्। नेपालले अनुशरण गरेको अभ्यास सिक्न र आफ्ना ज्ञान बाढ्न उनी लाटेकोसेरो उत्सवमा सहभागी भइन्।

अष्ट्रियामा लाटेकोसेरो संरक्षणमा भएका गतिविधि र त्यहाँ पाइने प्रजातिबारे कोलले आफ्नो स्टलमार्फत अवगत गराइन्। उत्सवमा सहभागी विद्यार्थी, अभिभावक, सरकारी तथा गैर सरकारी क्षेत्रमा क्रियाशिल संरक्षणकर्मीलाई उल्लुको महत्व र संरक्षणमा चाल्नु पर्ने कदमबारे उनले आफ्ना अनुभव बाढिन्। सन् २०१७ मा पोर्चुगलमा भएको विश्व लाटेकोसेरो सम्मेलनमा नेपालका संरक्षणकर्मी राजु आचार्यसँग भेटघाट भएपनि कोल यसपटक नेपाल आएकी हुन्।

दुई दिने उत्सव शनिबार समापन भएको छ। लाटेकोसेरो तथा हुचिल संरक्षण उत्सव नेपालमा विगत नौं वर्षदेखि हुँदै आएको छ। यस्तो उत्सव नेपाल, अमेरिका, भारत, इटालीमा नियमित हुँदै आएको छ। नेपालमा लाटोकोसेरोको अवैध व्यापार हुने गरेको थाहा पाउँदा आफूलाई निकै दुःख लागेको डा. कोलले बताइन्। उनका अनुसार युरोपमा १३ र अष्ट्रियामा १० प्रजातिका लाकोकोसेरो पाइन्छन्। उत्सवमा निकै उत्साहित देखिएकी ३७ बर्षिया कोलले भनिन्, ‘अष्ट्रियामा लाटोकासेरो देख्नु शुभ संकेत मानिन्छ, संरक्षण्मा पनि उस्तै गरि प्रयास गरिरहेका छौ।’

खेतवारीमा बढ्ने मुसाको संख्या नियन्त्रण गर्ने भएकाले लाटोकोसेरोलाई किसानको साथी भनिन्छ। यीनको एक परिवार (भाले, पोथी र बच्चाहरु)ले एक सिजनमा तीन हजार वटासम्म मुसा खाने गर्छन्। मुसाबाहेक किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या नियन्त्रण गर्न पनि यो पन्छीले महत्वर्पूण भूमिका खेल्ने प्रकृतिका साथीहरु नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.