फेवा संरक्षण गर्न बनाइएको ड्याम कमजोर

फेवा संरक्षण गर्न बनाइएको ड्याम कमजोर

पोखरा : फेवातालको मुख्यस्रोत हर्पन खोला र खहरेखोला हुँदै तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रयान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। समय श्रृखला विश्लेषणवाट यो अवस्था देखिएको विभिन्न अध्ययनले देखाएको पोखरा महानगरपालिकाका इन्जिनियरले बताउँदै आएका छन्।

यसरी ताल बर्सेनि मुहान क्षेत्रबाट पुरिँदै जाँदा ४० देखि ५० वर्षको अवधिका आधा फेवाताल परिएको अध्ययनले देखाएको छ। ताल पुरिने क्रम रोक्न गत तीन महिनाअघि पोखरा महानगरपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त लगानीमा पहिलो चरणमा ५ वटा खोलामा सिल्टेसन ड्यामको निर्माण कार्य सुरु गरेको हो।

तालमा अत्याधिक गेग्रयान, बालुवा, काठपात र माटो मिसीने ठुलाखेत स्थित खहरे खोलामा सिल्टेसन पोखरी निर्माण ८० प्रतिशत भन्दा बढि सकिएको अवस्थामा स्थानीयले सिल्टेसन पोखरी निर्माण गुणस्तरीय नभएको आरोप लगाएका छन्। स्थानीयले पत्रकार सम्मेलन नै गरी गुणस्तरीय निर्माण सामग्री प्रयोग नहुँदा सिल्टेसन ड्याम कम्जोर भएको आरोप लगाएपछि गण्डकी प्रदेशका सांसद राजिव पहारीले प्रदेश संसद्मै यस विषयमा कुरा मात्र उठाएनन् गण्डकी प्रदेशका डिभिजन इन्जिनियर सोभियत खड्कालाई लिएर फिल्डमा पुगे।

फिल्डमा पुगेर ड्याम निर्माण भएको वालमा ढुङ्गा ठोके र कोट्याएर हेरे। ढुंगा जडान गरेको मसला फुस्स÷फुस्स आएको भन्दै उनले ड्याम कम्जोर बनेको सुनाए। फेवातालको संरक्षण गर्न बनाइएको ड्याम नै कम्जोर बनाइनु उचित नभएको उनको भनाइ छ। विज्ञहरूले यसको थप अध्ययन गरेर पुनर्निर्माण गर्नुपर्ने अवस्था रहे भत्काएर बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

गण्डकी प्रदेशका डिभिजन इन्जिनियर खड्काले ड्याम निर्माण गुणस्तरीय भए नभएको सरसरती हेरेरभन्दा पनि ल्याब परीक्षण गरेर मात्र भन्न सकिने जानकारी दिए। पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले निर्माणको सुरुको चरणदेखि गुणस्तरीयतामा कमसल देखिएको आशंकामा महानगरपालिकामा पटक–पटक जानकारी गराए पनि यस महानगर गम्भिर नबनेको बताए।

निर्माण कम्पनी खड्का कृष्ण पिके जेभी दाङका साईड इन्चार्ज कमलराज ओलीले स्थानीयले लगाएको आरोपमा कुनै सत्यता नभएको दाबी गरे। सम्झौताभन्दा तल गएर काम नभएको उनले बताए। सम्झौतामा भएको १÷६ रेसियोअनुसार नै वाल निर्माणको काम भएको र सम्झौतामा पिसीसी नै नभएको पनि उनले सुनाए।

पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले सम्झौताअनुसार काम भए नभएको टेक्निकल अडिट गर्ने कम्पनीमार्फत अनुसन्धान गर्न लगाइने बताए। ल्याब परीक्षण गर्दा कुनै कमजोरी नदेखिएको महानगरपालिकाका साइड आभेरसियर खेमराज तिमिल्सिनाले बताए।

पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा २८ करोड १६ लाख लागतमा पाँचवटा सिल्टेसन ड्याम निर्माण अघि बढाएको हो। फेवातालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा सिल्टेसन ड्याम निर्माणको काम भइरहेको छ। घाँटीछिना र अधेरी खोलामा एक सय मिटर लम्बाई, १ सय मिटर चौडाई र ४ मिटर गहिराइको पोखरी निर्माण भइरहेको हो। लौरुक र बेतनी खोलामा ५० मिटर लम्बाई र ५० मिटर चौडाइको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.