लुम्बिनी अँध्यारोमा उज्यालो (फोटो फिचर)

लुम्बिनी अँध्यारोमा उज्यालो (फोटो फिचर)

जताततै झिलिमिली। रात्रिकालीन लुम्बिनीको दृश्य निकै मनमोहक हुन्छ।


गौतम बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटक प्रायः दिउँसै घुमेर फर्किन्छन्। त्यसैले पनि लुम्बिनीमा पर्यटक बसेनन् भन्ने चिन्ता छ। एक अध्ययनअनुसार लुम्बिनी आउने अधिकांश पर्यटकले जम्मा ४५ मिनेट मात्रै बिताउँछन्। यति छोटो अवधि बस्ने पर्यटक लुम्बिनीमा जति धेरै आए पनि आर्थिक रूपमा फाइदा नहुने पर्यटन व्यवसायीहरू बताउँछन्।

विदेशी मात्रै होइन, लुम्बिनी पुग्ने १० प्रतिशत स्वदेशी पर्यटकले समेत रात काट्दैनन्। पहिला लुम्बिनीमा रातिमा के हेर्ने भन्ने पनि थियो। अहिले भने लुम्बिनीको स्वरूप फेरिएको छ। लुम्बिनी साँझ परेपछि धपक्कै बल्छ। जताततै झिलिमिली। रात्रिकालीन लुम्बिनीको दृश्य निकै मनमोहक हुन्छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयका अनुसार इटलीमा निर्माण भएका विद्युत्का पोलमार्फत लुम्बिनीमा रातभर उज्यालो बनाइएको छ। विद्युत्को तार नदेखिने गरी राखिएका पोलहरू आकर्षक छन् नै।

लुम्बिनीमा रातिमा उज्यालो भएपछि सुरक्षा चुनौती घटेको छ। पर्यटकहरू रातभर घुमफिर गर्न सक्ने भएका छन्। मायादेवी मन्दिर परिसरमा राखिएका बल्बहरूले सो क्षेत्र झनै सुन्दर देखिएको छ। तर मायादेवी मन्दिर क्षेत्र साँझ ७ बजे नै बन्द गरिँदा पर्यटक पर्याप्त आनन्द लिनबाट वञ्चित भएका छन्।

लुम्बिनीलाई रात्रिकालीन उज्यालो सहर बनाउनुपर्ने माग स्थानीय व्यवसायीले गरेका छन्। पुरातात्विक महत्वको क्षेत्र भएकाले ‘कोरजोन’लाई रातभर खुला गरिएको छैन। भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष चलिरहँदा अब रात्रिकालीन समयमा लुम्बिनी घुमौं।

हरेक पूर्णिमामा हुने दीप प्रज्ज्वलन लुम्बिनीको अर्काे आकर्षण हो। यसले आध्यात्मिकताको विकास गरेको छ। मार्कर स्टोन, अशोक स्तम्भ, पुष्करिणी पोखरीको अवलोकनसँगै ध्यान बस्ने धर्मावलम्बीको संख्या बढ्दै छ। लुम्बिनीभित्र रहेको थेरवाद, महायान, वज्रयानका विहार तथा गुम्बाहरूको सौन्दर्यले समेत लुम्बिनीलाई भिलिमिली बनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.